केही दिनअघि टिकटकमा एउटा भिडिओ भाइरल भयो। भिडिओमा एक जना व्यक्तिले पिँठ्युमा चामलको बोरा बोकेका थिए। निलो प्लास्टिक पनि ओढेका। बोराको भारी बोकेर बर्खामा उर्लेको खोला तर्न खोज्दै गरेका उनलाई भेलले तीन बल्ड्याङ खुवायो।
उनले भेलको भुल्कोमा चामलसहित तीन-चार डुबुल्की मारे। चामल र उनी दुवै बगे। तै पनि उनी हारेनन्। खोल्सोमा खस्नै लागेको आफू र चामल दुवैलाई जोगाए। र, बोरासहित किनार लाग्न सफल भए।
यो भिडिओ खगेन्द्र गाहामगरले टिकटकमा राखेका थिए। भिडिओको कारूणिक दृश्यले धेरैको मुटु सिरिंग बनायो।
खोलाको भेलमा ज्यान बाजी राखेर चामल जोगाउने बाध्यता परेका यी व्यक्ति को हुन् भनेर हामीले सोधीखोजी गर्यौं। उनी रहेछन् बिजुलीसमेत नपुगेको दाङ, बंगलाचुली गाउँपालिकाका दिलबहादुर गाहामगर। उनी राप्ती गाउँपालिका र बंगलाचुली गाउँपालिका जोड्ने खहरे तर्दै गर्दा यो घटना भएको हो।
‘म २५ किलो चामलको बोरा बोकेर तर्दै थिएँ, बगायो। तलपट्टि ठूलो खोल्सा थियो, ठुल्ठूला ढुंगा थिए,’ २२ वर्षे दिलबहादुरले सेतोपाटीसँग कुरा गर्दै त्यो दिनको घटना सम्झे, ‘एकछिन उठ्न नसकेको भए त कहिल्यै नउठ्ने रहेछु।’
उनका अनुसार यो खहरे हिउँदमा सामान्य हुन्छ, पानी देख्न पनि मुश्किल। तर हरेक बर्षामा उर्लिन्छ र खोला नतरी नहुने धेरै गाउँलेका लागि काल समान बन्छ।
यो भिडिओ खगेन्द्र गाहामगरले टिकटकमा राखेका थिए। भिडिओको कारूणिक दृश्यले धेरैको मुटु सिरिंग बनायो। खोलाको भेलमा ज्यान बाजी राखेर चामल जोगाउने बाध्यता परेका यी व्यक्ति को हुन् भनेर हामीले सोधीखोजी गर्यौं।
उनी रहेछन् बिजुलीसमेत नपुगेको दाङ, बंगलाचुली गाउँपालिकाका दिलबहादुर गाहामगर। उनी राप्ती गाउँपालिका र बंगलाचुली गाउँपालिका जोड्ने खहरे तर्दै गर्दा यो घटना भएको हो।
‘म २५ किलो चामलको बोरा बोकेर तर्दै थिएँ, बगायो। तलपट्टि ठूलो खोल्सा थियो, ठुल्ठूला ढुंगा थिए,’ २२ वर्षे दिलबहादुरले सेतोपाटीसँग कुरा गर्दै त्यो दिनको घटना सम्झे, ‘एकछिन उठ्न नसकेको भए त कहिल्यै नउठ्ने रहेछु।’
उनका अनुसार यो खहरे हिउँदमा सामान्य हुन्छ, पानी देख्न पनि मुश्किल। तर हरेक बर्षामा उर्लिन्छ र खोला नतरी नहुने धेरै गाउँलेका लागि काल समान बन्छ। (हेर्नुहोस भिडियो) यो समचार हामिले सेतोपाटी डट कम बाट लिएका हौं ,पुरा समचार सेतो पाटी डट कममा छ यो लिंक खोल्नुहोला https://www.setopati.com/social/212311
प्रतिकृया दिनुहोस्