July 27, 2020 206
काठमाडौं १२ साउन / छोटोे समयमै सर्वाधिक लोकप्रिय बनेको चिनियाँ भिडियो एप टिकटकले नयाँ फिचर लञ्च गर्न लागेको खबर विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको छ ।
यसअघि लाइभ भिडियोमा गिफ्ट खरिद गरेर पठाउँदा पैसा प्राप्त हुन्थ्यो भने अबचाहि भिडियो बनाएरै पैसा प्राप्त गर्न सकिने फिचर आउन लागेको हो ।
सबैभन्दा धेरै प्रयोगकर्ता रहेको देश भारतले टिकटक प्रतिबन्ध गरेसँगै टिकटकले नयाँ फिचर ल्याउन लागेको अनुमान लगाउन सकिन्छ ।
टिकटकले नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ(२० करोड डलर)को कोष बनाउन लागेको जनाएको हो ।
प्रतिकृया दिनुहोस्