Friday, March 5

खुशीको खबर ! साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय [ जानकारीको लागी सक्दो शेयर गरौँ ]

July 26, 2020 963

दमौली। तनहुँका निजी विद्यालयले साउन १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।उक्त निर्णयसँगै प्रशासन र विद्यालय सञ्चालकबीच द्व’न्द्व’ श्रृजना भएको छ । शनिबार बसेको निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको साउन १५ गतेबाट विद्यालय चलाउने निर्णयपछि प्रशासनले यसो हुन नदिने बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चि’त्रांगत बरालले सरकारको निर्णयवि’रुद्ध पठनपाठन सञ्चालन भएमा का’रवाही गर्ने बताए । तर निजी विद्यालय सञ्चालकहरुले भने अन्यत्र पनि पठनपाठन सञ्चालन हुन थालेकाले स्थानीय सरकारहरुलाई जानकारी गराएर पठनपाठन अघि बढाउने निर्णय गरेका छन्।

दुवै संस्थाले बैठकपछि गरेको निर्णयमा विद्यालयमा सरसफाई, तापक्रम मापन र स्या’निटाइजरको व्यवस्था गर्ने उल्लेख छ । विद्यालय सञ्चालन गर्ने भने पनि ती संस्थाले स्कूल बस भने केही समय नचलाउने उल्लेख गरेका छन् ।तर सरकारले विद्यालय खुलाउन अनुमति दिइनसकेको अवस्थामा भोलि प्रशासनले रो’केमा के गर्ने भन्नेमा भने सञ्चालकहरु द्वि’विधामा छन् ।जिल्ला सभाले नै विद्यालय खुलाउनका लागि प्रदेश र संघमा अनुरोध गरेकाले आफूहरुलाई पठनपाठन अघि बढाउन बाटो खुलेको न्यू मनकामना अंग्रेजी स्कुलका सञ्चालक तिलकबहादुर चौहानको दा’बी छ।

प्रतिकृया दिनुहोस्