July 26, 2020 253
काठमाडौं, ११ साउन । साउदीमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउने तयारी थालिएको छ । कोरोना महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन साउदीमा रहेको नेपाली महावाणिज्यदूतावासले पहल गरिरहेको छ ।
यसअघि ७ गते नेपाल आउने नेपालीहरुका लागि तय भएको उडान रद्द भएको थियो । अब नयाँ उडान साउन १८ गते (अगस्त २) हुने भएको छ ।
१८ गते हुने उडान चौथो उडान हाे । महावाणिज्य दुतावासकाे पहलमा यसअघि ३ पटक उडान भसकेको छ ।
अघिल्लो सूचना अनुसारको नामावली अनुसारको सख्या र क्रम अनुसार उडान भििरने बिज्ञप्तिमा जनाइएको छ । टिकट काटिसकेका नेपालीहरुहरुको उडान साउन १८ र २४ तोकिएको छ ।
प्रतिकृया दिनुहोस्