काठमाडौँ / के तपाईं लुडो खेल्दै हुनुहुन्छ ? यदि खेल्नुभएको छ भने प्रहरीको फ’न्दामा पर्नुहोला । सामान्य रुपमा घरमा समय बि’ताउन लुडो खेल्नु नौलो कुरा भने होइन । तर, पैसा नै राखेर बाजी खेल्न थालेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले आइतबार ७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४, सुनारगाउँमा लुडो खेल्ने र खेलाउने गरेको अ’भियोगमा ७ जनालाई पक्राउ गरिएको कालीमाटी वृत्तका प्रमुख रुगम कुँवरले जानकारी दिए ।
स्थानीय राजकुमार कार्कीले घरमा पाँच हजार रुपैयाँ लिएर लुडोको बा’जी खेलाउने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख कुँवरले बताए । उनीहरुले ३० हजार रुपैयाँसम्मको बा’जी खेल्ने गरेको पाइएको कुँवरले बताए ।
उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि ब’रामद भएको छ । पक्राउ परेका सातै जनावि’रूद्ध जु’वा ऐ’नअनुसार म्याद थप गरेर अनुसन्धानन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्