Monday, March 8

एक रुपैयाँ घुस लिनेलाई पनि छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

July 26, 2020 184

साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्र ष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् ।

अख्तियार ठूला भ्र ष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीवि रुद्ध क डा रुपमा लागेको आ रोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त घिमिरेले भने, ‘एक रुपैयाँ खाए पनि भ्र ष्टाचार भ्र ष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।’

यो समाचार पनि पढ्नुहोस,बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्