Thursday, January 21

कोरोनाका बारेमा फेरी आयो नयाँ तथ्य, कानवाट पनि सर्छ कोरोना !

July 26, 2020 229

काठमाडौं । को रोना विश्वव्यापी भएसंगै यसका अन्य पाटोका बारेमा पनि खोजी अनुसन्धान सुरु भएको छ । केही दिन अघि विश्व स्वास्थ्य संगठनले को रोना हावावाट पनि फैलन सक्ने भन्दै सचेत गराएको थियो । विश्व स्वास्थ्य संगठनले हावामा पनि को रोनाका कि टाणु रहनसक्ने भन्दै वैज्ञानिकले गरेको अनुसन्धानलाई स्वीकार गरेका थियो ।

अहिले फेरी अनुसन्धानकर्ताले को रोनाका बारेमा नयाँ तथ्य पत्ता लगाएका छन् । को रोना मानिसको नाक, मुख र आँखावाट मात्र सर्ने भनिदै आएकोमा अब कानवाट पनि सर्न सक्ने अनुसन्धानवाट पत्ता लागेको छ । अमेरिकाका बैज्ञानिकहरुले गरेको अनुसन्धानमा को रोना भा इरसले मानिसको कान र मेस्टोयड हड्डीलाई पनि प्रभावित पार्न सक्ने नयाँ तथ्य फेला परेको जनाएका छन् । उनीहरुले यो तथ्यलाई विश्व स्वास्थ्य संगठनमा प्रमाण सहित पेश गर्ने जनाएका छन् ।

को रोनावाट नि धन भएका ३ जनाको शरिरमा गरिएको परिक्षणवाट यस्तो तथ्य आएको उनीहरुको भनाई छ । सो क्रममा तीनै मृ’तकहरुको दुवै कान र पछाडिका भागमा पनि को रोनाका कि टाणु भएको पाइएको थियो । उनीहरुको निष्कर्षसँगै अमेरिकाका रिसर्चर जोन ह्ययापकिन्स स्कूल अफ मेडिसिन्सका शोधकर्ताहरुले को रोनाको ल क्षण देखिएका मानिसको कानको परीक्षण पनि हुनुपर्नेछ । कानबाट पनि शरीरका विभिन्न भागमा को रोना पुग्ने वैज्ञानिकको दावी छ । उनीहरुले एक युवती, र दुई बृद्धको श व लाई परीक्षण गरेकामा यो तथ्य फेला परेको हो ।

यो समाचार पनि पढ्नुहोस,बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्