Friday, January 22

आमाबाबु गुमाएकी अमिनालाई १२ कक्षासम्म पढाउने प्रदिप पौडेलले लिए जिम्मा [ भिडियो सहित ]

July 26, 2020 147

काठमाडौं : पहिरोले पु’रिएर आमाबाबु गु’माएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गर्नुभएको छ । शनिबार पी डितको घरमा पुगेर उहाँले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्था मिलाउने जानकारी दिनुभयो ।
भिडियो हेर्नुहोस

अमिना सोही वडाको बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन। गतअसार २९ गतेको पहिरोले पु’रिएर बालिकाको बुवा ३० वर्षीय भेषबहादुर थापा र आमा २९ वर्षीया नानुमाया थापाको अकालमा नि’धन भएको थियो। पहिरोले पु’रिएर अमिनाकी बहिनी पाँच वर्षीया अमिषा थापा, काका वर्षीय महादेव थाापा र काकी १९ वर्षीया मनिसरा थापाको समेत नि’धन भएको थियो ।

काँग्रेस केन्द्रीय सदस्य पौडेलले पहिराले पु’रिएर एकै परिवारका पाँच जनाको निधन भएको घट’ना दुःखद् रहेको र शो’कको घ’डीलाई श’क्तिमा बदल्न पी’डित परिवारलाई आग्रह गर्नुभयो । यसै गरी तनहुँ युवा सञ्जाल र नेपाल रेडक्रस सोसाइटी कोट दरबारको सक्रियतामा अमिनाको शिक्षामा सहयोग पु¥याउन रु दुई लाख २१ हजार २५ सङ्कलन भएको छ ।

उक्त रकम अमिनाको बैंक खाता खोली जम्मा गरिने सोसाइटीका उपशाखाका सभापति इन्द्रबहादुर आलेले जानकारी दिनुभयो ।अमिनाको स्याहारसुसार हाल हजुरबुवा आम्बबहादुर थापाले गर्दै आउनुभएको छ । भैँसीकिलेमा थापा परिवारको चार घर बसोबास गर्दै आएको छ । उक्त ठाउँ पहिरोको जोखिममा रहेकाले ऋषिङ गाउँपालिकाले पीडित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न पहल गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्