काठमाडौं। रुसको एक अस्पतालमा पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर बिरामीको उपचार गर्ने नर्स नादिया जुकोभा फेरि चर्चामा आएकी छिन् । उनी अब एक टेलिभिजनमा समाचारवाचिका बनेकी छिन् । डेलीमेलको रिपोर्टअनुसार नादियालाई मस्कोको दक्षिणमा रहेको तुला नामको शहरमा स्थानीय च्यानलले समाचारवाचिका बनाएको हो । तत्कालको लागि नादियाले त्यो टेलिभिजनमा मौसमसम्बन्धी समाचार सुनाउनेछिन् ।
समाचारवाचिका भए पनि उनले नर्सको रुपमा समेत आफ्नो काम जारी राख्नेछिन् । यसअघि नादियालाई रुसको एक खेलकुदसम्बन्धी कपडाको ब्राण्डले मोडलको अफर दिएको थियो तर उनले त्यो अफर अस्वीकार गरेकी थिइन् । टिभीमा आफ्नो भूमिकालाई लिएर नादियाले यो आफ्नो लागि ठूलो कुरा भएको बताइन् । यो अवसर दिएकोमा उनले च्यानललाई धन्यवाद दिइन् ।
यसअघि रादर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर ड्यटी गरेको भन्दै उनको निकै आलोचना भएको थियो । २३ वर्षकी नादियालाई अस्पतालले अनुचित ड्रेस कोडको आरोपमा जागिरबाटै निकालेको थियो । नादियालाई जागिरबाट निकालेपछि भने अस्पतालको पनि आलोचना भएको थियो । पछि नादियाले आफूले सोही अस्पतालमा जागिर फिर्ता पाएको बताएकी थिइन् ।
आफूले पारदर्शी गाउनभित्र भित्री वस्त्र मात्र लगाएको विषयमा नादियाले आफूलाई पीपीइ लगाएर लगातार काम गर्दा निकै गर्मी भएकोले भित्री वस्त्र मात्र लगाएको बताएकी थिइन् । उनले पीपीइ त्यति धेरै पारदर्शी भएकोप्रति आफूले ध्यान दिन नसकेको बताएकी थिइन् ।
यो समाचार पनि पढ्नुहोस,बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।
पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्