Thursday, March 4

विश्वकै दोस्रो अग्लो बन्जी जम्पको पर्वतमा गरियो सफल परिक्षण, परिक्षण गर्दा देखिएको यो रमाइलो माहोल हेर्नुहोस् भिडियोमा

July 25, 2020 178

काठमाडौँ । पर्वतको कुस्मा बजारमा विश्वकै दोस्रो अग्लो बज्जी जम्प संचालनमा आएको भएता पनि लकडाउनका कारण ब्यबसायिक रुपमा भने यसको प्रयोग हुन सकेको छैन ।

नेपालको भोटेकोशीको बन्जीजम्पको चर्चा शिखरमा रहेका बेला कुश्माको बन्जिजम्प संचालमा आएसँगै कुश्मा बजारमा चहलपहल सुरु भए लगत्तै बन्जीलाई लकडाउनले ठूलो असर पुर्याएको क्लबका अध्यक्ष राजु कार्की बताउँछन् ।

कुश्मालाई नै केन्द्र बनाएर आधा दर्जन झोलुगें पुलहरु संचालनमा आएपछि सुनसान बनेको कुश्मा बजारमा बन्जीजम्प सुरु भएदेखि भने देशविदेशबाट पर्यटकहरु धमाधम आउने क्रम सुरु भएको थियो तर एक्कासी देखिएको कोरोनाका कारण अहिलेसम्म ब्यबसायिक रुपमा संचालनमा आउन सकेको छैन ।

बन्जीको परिक्षण क्लबका अध्यक्ष कार्कीले नै हानेर गरेका थिए । अध्यक्ष काकीका अनुसार यो साहासिक खेलका लागी अग्लो भएका कारण पनि यसले बढी चर्चा पाइरहेको छ ।

प्रतिकृया दिनुहोस्