Saturday, January 16

१७ वर्षीया किशोरीको बयान- त्यसपछि उनीहरु दुवैले पालैपालो ‘क रणी’ गरे !

July 25, 2020 261

विराटनगर : सा’मूहिक क’रणीमा परेकी एक किशोरी ग’र्भवती भएको घ’टना बाहिरिएको छ। मोरङको उर्लाबारीकी १७ वर्षीया किशोरीको पेटमा चार महिनाको ग”र्भ रहेको तथ्य खुलेको हो। उर्लाबारी नगरपालिका-५ का ३० वर्षीय प्रदीप खतिवडा र २१ वर्षीय भेषराज आचार्यले गत फागुन २७ गते किशोरीमाथि सा’मूहिक क’रणी गरेका मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

करणीबाट किशोरीको ‘गर्भ’ बसेको उनले जानकारी दिए। चकलेटमा खराब कुरा मि’साएर खुवाउँदै अ’र्धबे’होस बनाएर खतिवडा र आचार्यले किशोरीमाथि पा’लैपालो क’रणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

‘चकलेटमा नराम्रो दवाई मि’साएर खान दिएपछि अ’र्धचेत भएकी बालिकालाई कर’णी

घरमा कोही पनि नभएको र दिउँसो घरमा एक्लै बसिरहेका बेला किशोरी सा’मूहिक क’रणीको सि’कार भएको राईले बताए। ‘घरका अभिभावक काममा गएको बेला दुई युवा पुगेछन्’, उनले भने, ‘चकलेटमा नराम्रो दवाई मि’साएर खान दिएपछि अ’र्धचेत भएकी बालिकालाई कर’णी गरेको पाइयो।’

खतिवडा र आचार्यले यस विषयमा कसैलाई पनि नभन्न र भनेमा सकिदिने ध’म्की दिएका थिए। त्यही ड’र र त्रा’सका कारण किशोरीले घटनाबारे कसैलाई बताइनन्। महिनावारी रोकिएको लामो समय भएपछि पीडित आमाले सोधीखोजी गर्न थालेपछि घटना बाहिर आएको हो। कर’णीमा संलग्न दुवै जनाविरुद्ध पी’डित किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय उर्लाबारीमा गत सोमबार किटानी जाहेरी दिएका छन्। जाहेरीका आधारमा खतिवडा र आचार्यलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा करणीको तथ्य खुलेको उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए।

उनका अनुसार ‘घटनामा संलग्न युवाहरु पहिले पनि पी’डित बालिकाको घरमा आउजाउ गर्ने गरेको पाइयो’, राईले भने, ‘तर फागुन २७ गते घरमा कोही पनि नभएको अवस्थामा पुगेर बालिकामाथि कर’णी गरेर हिँडेछन्।’ कोसी अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गर्दा किशोरी गर्भवती रहेको पुष्टि भएको हो।

यो समाचार पनि पढ्नुहोस,महोत्तरी,साउन । बर्दिबास प्रहरीले करोडौं रुपैयाको डिप बोरिङ मेसिन भन्सार छली गरेर नेपाल भित्रिदै गरेको अवस्थामा नि यन्त्रणमा लिएको छ । प्रहरीले चेकजाचको क्रममा बुधबार दुई करोड बराबरको मेसिन जडित ट्रक नि यन्त्रणमा लिएसँगै भन्सार छलीको तथ्य बाहिरिएको हो ।

बुधबार बर्दिबासमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा महाराष्ट्र र मध्यप्रदेश दर्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ एमएच–३६५५ र एमपी ०९ जीई–९१३१ नि यन्त्रणमा लिएको हो । ती दुई ट्रकमा भन्सार छली सिँचाई र खानेपानी प्रयोजन डिप बोरिङमा प्रयोग हुने मेसिन र औजार ल्याएका थिए ।

भारतीय डिप बोरिङ मेसिनले भारतमा अत्यन्तै न्यून दरमा काम गर्नुपर्ने भएकाले, अधिकांश भारतीय नम्बर प्लेटमा जडान भएका मेसिनको काम गर्ने रोजाई नेपाल नै भएको छ । यसरी भित्रिएका ट्रकहरु निश्चित समय पश्चात फर्किन पर्ने कानूनी मापदण्ड भए तापनि महिनौं नेपालमै बसेर आम्दानी गर्दै आइरहेको समेत खुल्न आएको छ ।

बुधबार समातिएका दुई भारतीय ट्रकमा जडान भएको डीप बोरिंङ मेसिनको भन्सार महिनौंदेखि नतिरेको खुल्न आएको छ । उक्त मेसिनले अवैध तरिकाले नेपालमै बसेर करोडौंको कमाएको प्रहरीको दाबी छ ।

प्रहरीले नि यन्त्रणमा लिएको दुई भारतीय ट्रकलाई छोडाउन यतिवेला भन्सार एजेन्टमार्फत् चलखेल गरी तुरुन्तै भन्सार बुझाई छुटाउने समेत गरेको पाइएको छ। अहिले समातिएका दुई ट्रकलाई समेत छुटाउन ट्राफिक प्रहरीलाई बर्दिबास नगरपालिकाले चिठ्ठी जारी गरिसकेको पाइएको छ।

तर, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले अवैध रुपमा सञ्चालित भारतीय नम्बर प्लेटका ट्रकमा जडित मेसिन छुटाउन चिठ्ठी जारी गरेको अस्वीकार गरे। यता मेसिनका नेपाली एजेन्टका कर्मचारी सुबोध सिंहले नगरपालिकाले मेसिन छुटाउन चिठ्ठी जारी गरेको जिकिर गरे ।

अहिले समातिएका भन्सार फेलसँगै राजस्व छ ली गरिएका मेसिनहरुले एसियन बोरिङका भारतीय नागरिक बलजित सिंघमार्फत् नेपालमा काम गर्दै आइरहेका छन् । चितवनमा बसोबास गरिरहेका सिंह यतिवेला प्रहरीको नि यन्त्रणमा रहेको ट्रक छुटाउन लागी परेका छन् ।

प्रतिकृया दिनुहोस्