Wednesday, March 3

यसरी नाप्दैछ चिनियाँ टोलीले नेपालको सगरमाथाको उचाई

May 27, 2020 311

काठमाडौं, १४ जेठ । आफ्नो क्षेत्रवाट सगरमाथा चढ्न सुरु गरेको चिनियाँ टोली अहिले सगरमाथाको चुचुरोमा पुगेको छ । उचाई मापन गर्न चिनियाँ टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको हो । चीन तर्फको मोहडावाट मापन टोली सगरमाथा चढ्न सुरु गरेको थियो ।

सगरमाथाको उचाई पुनः मापन गर्न प्राविधिक सहितको जम्बो टोली सगरमाथाको शिखर पुगेको हो। चीनपट्टिको क्षेत्र हुँदै उनीहरू सगरमाथा पुगेको जनाईको छ । सगरमाथाको तीनवटा मोहडामध्ये दुई मोहडा तिब्बत‚ चीनतर्फ पर्छ। पूर्वमा काङ्गसुङ र उत्तरमा रोङ्बुक चीन तर्फ पर्ने मोहडा हुन् । नेपालतर्फ भने दक्षिणी मोहडा पर्छ। नेपालतर्फको मोहडाबाट सगरमाथा आरोहण जानेको संख्या अधिक छ जबकि चीनको मोहडाबाट पनि आरोहण हुँदै आएको छ।

संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन
राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले निशान छाप परिवर्तन गर्न संसद्मा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर जारी गरेको उक्त नक्सा निशान छापमा समावेश गर्न सरकारले यही जेठ ९ गते संविधान संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो । नेपालको संविधानको अनुसूची–३ मा निसान छाप समावेश छ ।

नेपालको उक्त भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्सामा समावेश गरी मानसरोवर जाने सडकसमेत निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै तत्काल नक्सा सच्याउन गम्भीर ध्यानाकर्षण गराएको थियो । सरकारले संविधान सशोधन विधेयकको पक्षमा राष्ट्रिय सहमति कायम गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुसँग उक्त विषयमा समान धारणा बनाउने प्रयास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्