Tuesday, March 2

किरा फट्याङ्ग्रा खाने मान्छे (भिडिओ)

July 24, 2020 160

काठमाडौंका बुद्ध तामाङ किरा फट्याङ्ग्रा खान्छन्। त्यो पनि नपकाई।उनले किरा फट्याङ्ग्रा खान थालेको भने सानो उमेर देखि नै हो। गाउँका बुढापाकाले कस्ता जीव खाने र कस्ता नखाने भनेर सुनाएको उनलाई सम्झना छ। तर सानै उमेर किरा फट्याङ्ग्रा र वनस्पती खाँदा ‘रोगले समात्ला’ भन्दै उनलाई तीनै बुढापाकाले गाली गरे।

टेलिभिजनहरुमा उनले किरा र जीव जनावर खाइरहेको कार्यक्रम देखेपछि भने उनलाई पनि ‘खाए हुने रहेछ’ भन्ने हौसला मिल्यो।उनी एनिमल प्लानेट र डिस्कभरी जस्ता ‘टेलिभिजन शो’ हेरेर हुर्किए।त्यसयता उनले पानी पाइने, जंगलमा बस्ने धेरै जनावर र किरा फट्याङ्ग्रा खाएका छन्। उनले यसलाई आफ्नो शौखका रुपमा विकास गरेका छन्। भिडिओ –

प्रतिकृया दिनुहोस्