Tuesday, January 26

बालबालिकाका लागि कोरोना भन्दा खतरा नयाँ रोग ‘एमआईएससी’, के हो लक्षण र कसरी बच्ने ?

July 24, 2020 205

काठमाडौं । सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ । यसैबीच कोरोनाको मार खेपिरहेको भारतमा अर्को रोगले चिन्ता थपेको छ ।भारतको सुरतमा पहिलोपटक बिहीवार यो रोग देखा परेको थियो । एक १० वर्षीय बालकमा यसको लक्षण देखिएको भारतीयसञ्चारमाध्यमहरुले बताएका छन् । जसका कारण यो थप चिन्ताको विषय बनेको छ ।

भारतमा भन्दा पहिला युरोप र अमेरिकामा मात्र देखिएको मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भारतमा पहिलो पटक देखिएको हो ।बच्चामा फैलिएको यो रोग कोरोना भन्दा पनि धेरै खतरनाक रहेको विज्ञहरुले बताएका छन् । यो रोगलाई पीडियाट्रिक मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम पनि भनिन्छ ।यसको लक्षण धेरै जसो कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो रहेको छ ।

रोगको लक्षण

यो रोग लाग्दा बच्चाको शरीरमा खोकी, शुरुमा पेटमा पीडा, डाइरिया, उल्टी, रक्तचापमा कमी, आँखा रातो हुने, घाँटी वा त्यसको आसपास दुख्ने ।यो बाहेक नसा र मांसापेशीहरुमा दुख्ने । गम्भीर स्थितीमा अंगले काम गर्न छोड्ने । यो रोगको लक्षण धेरै जसो कोरोनासँग मिल्छ ।

कसरी बच्ने त ?

युरोपको नेशनल हेल्थ मिशनका अनुसार जो बच्चामा यस्तो लक्षण देखिन्छ, उनीहरुलाई तत्काल अस्पताल लानुपर्छ ।रोग निको बनाउनका लागि इन्ट्रभिनस इम्यूनोग्लोबुलिन एन्टीबडी र एस्पिरिन औषधि दिने गरिन्छ ।केहि डाक्टरले कार्टिकोस्टेरोयड्स पनि दिने गर्छन् । तर यो औषधि फरक फरक शरीरमा शारीरिक क्षमतामा निर्भर हुन्छ ।

प्रतिकृया दिनुहोस्