एजेन्सी । आज एउटा ठूलो एस्टेरोयड ९क्षुद्रग्रह० पृथ्वी नजिकैबाट यात्रा गर्दैछ । जुन कुराको अमेरिकी अंतरिक्ष एजेन्सी नासाले पुष्टी गर्दै खतरनाक भएको चेतावनी दिएको छ । नासाका अनुसार ‘२०२० एनडी’ नाम दिइएको उक्त एस्टेरोयड करिब १७० मिटर लामो छ ।
४८ हजार किलोमिटर प्रतिघण्टाको दरले यात्रा गर्ने उक्त एस्टेरोयडले पृथ्वीबाट ५० लाख ८६ हजार ३ सय २८ किलोमिटर टाढाबाट यात्रा गर्ने हुँदा सम्भावित खतराको सूचीमा राखेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
हरेक वर्ष करिब ३० साना एस्टेरोयड पृथ्वीसँग ठोक्किने गरेको बताउँदै नासाले यि साना एस्टोरोयडबाट कुनै खतरा नहुने भएता पनि ९० फिटभन्दा ठूला एस्टेरोइडले पृथ्वीलाई निकै क्षती हुने भन्दै आज यात्रा गर्ने ठूलो एस्टेरोयडले भने क्षती हुनसक्ने जनाएको छ । नासाले जोखिमपूर्ण ठूलो एस्टेरोयडलाई कि त नष्ट गरिदिन्छ कि उनको दिशा परिवर्तन गरिदिनेको छ ।
प्रतिकृया दिनुहोस्