Friday, January 15

काठमाण्डौको नयाँ बसपार्कस्थित एउटा होटलमा घटेको यो अनौठो घटना, जसले प्रहरी र आफन्तलाइ समेत बनायो चकित !

July 22, 2020 596

काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अ’पहरणमा परेको नाटक गरेको खुल्न आएको छ । रेग्मी असार २४ गतेदेखि हराएका थिए । परिवारले अ’पहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अपराध महाशाखामा बुझाएका थिए ।

यस विषयमा अनुसन्धानका लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति होटलबाट पक्राउ गरेपछि अ’पहरणको नाटक गरेको रहस्य खुलेको हो । रेग्मी असार २४ गते घरबाट निस्की सम्पर्कविहीन भई अ’पहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउपछि अनुसन्धान गर्दा रेग्मीले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौँ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएकाले सोहीअनुसारको मुद्दामा उनीमाथि थप अनुसन्धानका लागि आज प्रहरीमा बुझाइएको महाशाखाले जनाएको छ ।

काठमाडौं महानगरपालिकामा अनौठो प्रकृतिको चोरी गर्ने युवक फेला परेका छन् । उनको चोरीको शैली देखेर प्रहरी पनि चकित परेको छ । नयाँ नयाँ मोटरसाइकलमा युवतीलाई राखेर घुमाउने र रेष्टुरेष्ट लिएर गएर खुवाउने ति युवाको भित्रि खेलका बारेमा थाहा पाएपछि प्रहरी चकित परेको हो ।

नयाँ मोटरसाइकल चोरी गर्ने, लकडाउनको समयमा सहयोग गर्ने नाममा युवतीलाई लिफ्ट दिने, खाजा नास्ता खाने वहानामा युवतीलाई रेष्टुरेष्टमा समेत लिएर जाने अनि युवती शौचालय गएको मौकामा उसको ब्यागवाट महंगो मोवाइल र पैसा समेत चोरी गर्ने युवक फेला परेका छन् ।
उनको धन्दा यतिमा मात्र सिमित हुँदैन । युवतीहरुवाट चोरेको महंगो मोवाइल सस्तो दरमा बेच्ने । अनि बेचेको केही दिनमा म प्रहरीको डिएसपी हुँ भन्दै फोन गरेर आफैले बेचेको मोवाइल फिर्ता लिने ।

प्रहरीलाई नै चकित पार्ने यस्तो योजनाले चोरी गर्ने युवा हुन् रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय राजकुमार दनुवार । उनलाई महानगरीय प्रहरी वृत महाराजगञ्जले बुधबार विहान चोरीको आरोपमा सामाखुसीबाट पक्राउ गरेको छ ।
पक्राउ पछि अनुसन्धानका क्रममा प्रहरीले उनको यस्तो अचम्मको चोरीको शैलीा बारेमा थाहा पाएको हो । विभिन्न स्थानबाट संकलन गरिएका सिसिटिभी फुटेजमा चोरीका घटनामा राजकुमार नै देखिन्थे ।

उनले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोरी गर्थे । त्यसपछि उनको एक पछि अर्को योजना सफल बनाउथे । मोटरसाइकलमा युवती घुमाउने र उनै युवतीलाई लुट्ने । गंगबुको एक गेष्ट हाउसअघि पार्किङ्ग गरिराखेको एक बुलेट बाइक चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो ।

उनले यसरी युवतीहरुवाट चोरेका दर्जनौ मोवाइल सस्तोमा बेचेर फेरी प्रहरी हुँ भन्दै फिर्ता लिएका छन् । उनी विरुद्ध अहिलेसम्म ११ जनाले जाहेरी दिएका छन्। २१ जना युवतीको मोबाइल चोरी गरेको दनुवारले स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्