Wednesday, January 27

रक्ताल्पतादेखि कब्जियतको औषधी- हरियो मकै

July 22, 2020 231

स्वास्थ्यका लागि मकै अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । आजभोलि हरियो मकैको सिजन पनि रहेको छ ।

मकै अधिकांशले रुचाउने खाजामा पर्छ । यो स्वादिष्ट मात्रै नभएर स्वास्थ्यका लागि समेत लाभदायक छ ।

मकैलाई भुटेर, उसिनेर, पोलेर र भातको रूपमा सँगै विभिन्न परिकार बनाएर खान सकिन्छ । बेमौसमी मकै प्रायः सधैंभरी उपलब्ध हुन्छ । अब जानौँ मकै खाँदा के–के फाइदा हुन्छ ?

जानौं यसका फाइदा :

आँखा :
आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ ।

कोलेस्ट्रोल :

मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

रक्ताल्पता :

शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ ।

क्यान्सर :

मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन । मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ ।

राम्रो छाला :

छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।

तौल घटाउन :

मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ ।

कब्जियत :

कब्जियतको समस्या छ भने उमालेको मकै खानुस् । यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ ।

बलियो हड्डी:

मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।

प्रतिकृया दिनुहोस्