Tuesday, January 26

मलेसियामा प्रवेश गर्ने स्वदेशी तथा विदेशी नागरिकले अनिवार्य १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, नमाने जे’ल र जरिवाना

July 22, 2020 168

आरएन चौधरी थारु, क्वालालम्पुर। मलेसिया प्रवेश गर्ने स्वदेशी तथा विदेशी सम्पुर्ण नागरिकहरुले सरकारले तोकेको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भएको छ। मलेसियाको वरिष्ठ-रक्षामन्त्री दातोक श्री ईस्माइल साब्री याकोबले पत्रकारहरुसंगको कुराकानीको क्रममा भने ,”अब बाहिरी मुलुकबाट आएर मलेसिया प्रवेश गर्ने स्वदेशी संगै विदेशी नागरिक पनि अब प्रवेश गर्ने बितिक्कै आफ्नो घरको होम क्वारेन्टाइनमा गएर बस्न नमिल्ने बताए । यो खबर स्थानीय अनलाइन पत्रीका द-स्टारमा प्रकाशित छ।

रक्षामन्त्री साबरीले थप बोल्दै भने , मलेसिया सरकारले यहीँ जुलाई २४ तारिख शुक्रबारदेखि लागु हुनेगरी मलेसिया प्रवेश गर्ने हरेक नागरिकहरु,चाहे स्वदेशी होस या विदेशी ? जो भएपनि सरकारले नै तोकेको होटेल क्वारेन्टाइन अथवा क्वारेन्टाइन केन्द्रमा १५ दिन अनिवार्य बस्नुपर्ने र को’रोना सं’क्रमण न’कारात्मक देखिए बल्ल आफ्नो घर फर्किन पाउने छ्न , यदि को’रोना सं’क्रमण सकारात्मक देखिए थप उपचारको लागी क्वारेन्टाइन अस्पतालमै बस्नुपर्ने नियम लागु गर्ने बताए।

मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलबाटै सिधा क्वारेन्टाइनमा जानुपर्ने प्रावधान ल्याइएको प्रधानमन्त्री यासिनले जनाएको छ। यदि कुनैपनि स्वदेशी-विदेशी नागरिकले सरकारले तोकेको क्वारेन्टाइनमा बस्न र उपचार गराउन अटेरी गरे दो’षि भेटिएको खण्डमा आरएम १ हजार रिंगेट ज’रिवाना अथवा ६ महिनासम्म जे’ल स’जाय वा दुबै भो’ग्नुपर्ने प्रावधान ल्याइएको रक्षामन्त्री साबरीले बताए।

प्रतिकृया दिनुहोस्