काठमाडौं। कोरोनाले संसारभरका कैयौँ आमाहरुबाट सन्तानलाई अलग बनाएको छ भने कैयौँ आमाले सन्तान गु’माएका छन् । यो ज्यानमा’रा भाइरसबाट मानिसहरुले बच्ने अनेकन उपाय अपनाएको भएता पनि यसले मानिसहरुलाई निकै त’नाव दिएको छ ।
यसैबिच कोरोनाका कारण एक आमाबाट छोरा बिछोडिएको भावविश्ह्वल बनाउने तस्विर सामाजिक संजाल र अन्तराष्ट्रिय मिडियामा भाइरल बनिरहेको छ । घट’ना प्यालेस्टाइनको हो ।
प्यालेस्टाइनकी ७३ वर्षकी महिला रश्मी सुवितीको बिहीबार नि’धन भएको थियो । आफ्नी आमालाई हेर्नको लागि छोर जिहाद अल सुवाती अस्पतालको झ्यालमा दिनहुँ चढे पनि बिहिबार आमाको मृ’त्युपछि उनी भक्कानिकै घर फर्किएका छन् ।
उनी झ्यालमा चढेका बेला कसैले उनको तस्वीर लिए र सामाजिक संजालमा शेयर गरेपछि अहिले उक्त तस्विर देख्नेहरु सबै भावुक बनेका छन् । आमा अस्पतालको बेडमा रहेको अ’न्तिम समयसम्म ति युवकले लगातार आमालाई हेरिरहेको वेबसाइट अल नाकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्