Monday, January 25

आज अर्थात मंगलबारको मध्यरातबाट लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

July 21, 2020 143

सरकारले आज अर्थात मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

खतिवडाले भने, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संुक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। त्यसपछि भदौमा थप निर्णय लिन्छौं।’

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। तर अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई बन्द नै गर्ने निर्णय भएको छ।

प्रतिकृया दिनुहोस्