Monday, January 18

भदौ १ गतेबाट बिध्यार्थी भर्ना, होटल तथा रेस्टुरेन्ट साउन १५ बाटै खुल्ने

July 21, 2020 141

काठमाडौं । आगामी साउन १५ गतेबाट होटल–रेस्टुरेन्ट खुल्ने भएका छन् । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन गर्न नपाइने उनले बताए ।त्यसको साथसाथै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्ने निर्णय भएको उनले बताए ।साथै सोमवार बसेको मन्त्रीपरिषद् बैठकले आगामी भदौ १ देखि विद्यार्थी भर्ना निर्णय गरेको पनि उनले बताए ।

यस्तै सरकारले बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको छ ।यस्तै घाइते, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने पनि निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्