Saturday, January 16

नेपालमा फेरि भयानक भूकम्पको चेतावनी, २०७२ को भन्दा शक्तिशाली हुन सक्ने

July 21, 2020 174

काठमाडौं। नेपालमा फेरि भ यानक र श क्तिशाली भू कम्प जान सक्ने वैज्ञानिकहरुले चे तावनी दिएका छन् । युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ताहरुले गरेको अध्ययनमा यस्तो ख तरा पत्ता लागेको हो । शोधकर्ताहरुले नेपालमा पेट्रोलको खोजीको क्रममा जमिनभित्र फरक किसिमका आवाजहरु सुनेको बताएका छन् । यी आवाजहरु, जमिनको सतह र टेक्टोनिक प्लेट्समा लगातार भइरहेका परिवर्तनका आधारमा शोधकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । शोधकर्ताहरुको पूरा शोधपत्र अमेरिकाको वैज्ञानिक जर्नल प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज (पीएनएस) मा प्रकाशित गरिएको छ ।

शोधकर्ताहरुका अनुसार यो भू कम्पले सबैभन्दा धेरै असर नेपालको दक्षिण पश्चिम क्षेत्रमा गर्ने अनुसन्धानले देखाएको छ । शोधपत्रका अनुसार नेपालमा आउने भू कम्पको लागि गंगा नदीको बहाव क्षेत्रको तल जमिनभित्र हुने परिवर्तन मुख्य रुपमा जिम्मेवार हुनेछन् । युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ता माइक डुभालका अनुसार उनको टिमले नेपालको हिमालय क्षेत्रको जमिनको तल तीव्र रुपमा भइरहेका परिवर्तनहरुलाई रेकर्ड गरेका छन् । यी परिवर्तनले बाक्लो बस्ती भएका क्षेत्रमा विनाश ल्याउन सक्ने उनले चे तावनी दिए ।

माइक डुभालको टिमले नेपालको जमिनको तलको लेयरको अध्ययन गरेका छन् । अध्ययनमा उनीहरुले नेपालको पहाडी जमिनको तलको लेयर गंगा नदीको बहाव क्षेत्रको तलको लेयरसँग जोडिएको पाएका छन् । गंगाको तलको जमिनबाट लगातार आवाजहरु आइरहेका छन् जसले गंगाको तल ठूलो ह लचल भइरहेको बताउँछन् । यसको सीधा असर नेपालमा पर्नेछ । माइकका अनुसार हिमालयको तल जमिनका लेयरहरूको ठूलो र जटिल संजाल छ । यो यतिसम्म जटिल छ कि यसलाई बुझ्न निकै क ठिन छ । कुन चाहीँ फल्ट कतिबेला हल्लिन्छ र त्यसबाट कति ठूलो भू कम्प आउँछ भन्ने अहिल्यै भन्न सहज छैन ।

नेपालमा पछिल्लो एक शताब्दीमा २०७२ को भू कम्पबाहेक अर्को ठूलो भू कम्प आएको छैन । तर, जमिनमुनि लगातार हलचल रेकर्ड भइरहेको छ । यो हलचलले ठूलो परिवर्तनको संकेत गर्छ र यो परिवर्तनका कारण नेपालमा कुनै पनि बेला ठूलो भू कम्प आउन सक्छ । यो भू कम्पले भ यानक वि नाश ल्याउने शोधकर्ताले चे तावनी दिएका छन् । यही टिमका जोन वाल्ड्रनका अनुसार आम रूपमा फल्टहरु करिब एक हजार वर्षको आसपासमा एक अर्कासँग ठोक्किन्छन् वा स्लिप हुन्छन् । नेपालको जमिनभित्र एक यस्तो फल्ट छ जुन कुनै पनि बेला सर्न सक्छ । यसबाट भ यानक भू कम्पको ख तरा छ ।

जोनका अनुसार नेपाल जुन ठाउँमा अवस्थित छ त्यहाँको जमिनमुनिबाट हिमालयन प्लेट्स र फल्ट्स सुरु हुन्छन् । भारतीय टेक्टोनिक प्लेट्स र फल्ट्स लगातार हिमालयतर्फ सरिरहेका छन् । यो दबाबका कारण गंगाको बहाव क्षेत्रको तलको जमिनबाट आवाज आइरहेका छन् । यी आवाजले यहाँ जमिन हल्लिन सक्ने बताइरहेका छन् । नेपाल भारत सीमा क्षेत्र र नेपालको दक्षिण पश्चिमी क्षेत्र बाक्लो जनसंख्या भएको क्षेत्र हो । यदि भू कम्प आएमा यहाँ भ यानक वि नाश हुनेछ । त्यो भू कम्प २०७२ को भन्दा श क्तिशाली हुन सक्ने समेत वैज्ञानिकले चे तावनी दिएका छन् ।

यो पनि पढ्नुहोस, काठमाडौं । बाढीले स्थानीय हरजित ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमती ठगुन्ना र सोही ठाउँका मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पारवती ठगुन्नाको मृ त्यु भएको नौगाड प्रहरी चौकी प्रमुख भुवन बहादुर चन्दले जानकारी दिनुभयो ।

नौगाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मृतकको शव पुरिएको अवस्थामा घर भित्रबाट निकालेको उहाँले बताउनुभयो । बाढीसंगै पहिरोमा परि घा इते भएकी हरजित ठगुन्नाकी २२ वर्षीया बुहारी मोहना ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो ।

घ ट्नास्थलमा नौगाड प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट उ द्दारका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

बाढीले स्थानीय हरजित ठगुन्नाको दुई तले पक्की घर, विरभान सिंह ठगुन्नाको खरले छाएको घर, सोही ठाउँमा रहेको समैजी आधारभूत विद्यालयको १२ कोठे भवन, शौचालय, खानेपानी ट्याङकी, साइमल सिंह धामीको घर बगाएको छ, भने २ घोडा, १८ बाख्रा, ४ गोरु, ३ गाई समेत बगाएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो ।

यस्तै स्थानीय देव सिंह धामीको दुई तले पक्की घर, जमिन, पानी घट्ट, २ गोरु, २ गाई, २ बाच्छी बगाएको छ भने सालीभान सिंह धामीको घर, दुर्गे शिवराज र लोकेन्द्र खत्री तीन भाईका ५१ बाख्रा र गोठ बगाएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्