काठमाडौं– केही दिनदेखिको अविरल वर्षापछिको बाढीपहिरोले मुलुकभरका अधिकांश सडक अवरूद्ध भएका छन् ।सडक विभागका अनुसार देशभरका ३० वटा राजमार्गका ३३ वटा सडकखण्ड पहिरोले अवरूद्ध भएको जनाएको छ ।पहिरोले अवरूद्ध भएका ३६ वटा सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् भने १३ वटा सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको सडक विभागको सम्भार महाशाखाले जनाएको छ ।
काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ।
यस्तो छ देशभरको सडकको अवस्था
पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने
पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् ।
चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।” मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले भने ।
बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध
बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् ।
सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो ।
बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन् । अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । केही समयअघि उक्त स्थानमा खसेको लेदो पन्छाई एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि फेरि लेदो खसी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए ।
यस्तै मध्यहाडी(पुष्पलाल) राजमार्गअन्तर्गत बादुरे र सोखु खोलामा ठूलो बाढी आएपछि सवारी आवागमन रोकिएका छन् । उक्त स्थानमा पप्पु कन्स्ट्रक्सनले पुल समयमा नै नबनाउँदा खोलामा आएको बाढीका कारण साधन रोकिनुपरेको हो ।
गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्व
अविरल वर्षाका कारण आएको पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक आजविहानदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । उनका अनुसार सो सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खसेको छ ।
त्यस्तै अरनिको राजमार्ग पनि अवरुदध रहेको छ । ͧसǐरशे जम्बु झ्याले लगायतमा सडक अवरुद्ध भएको छ ।
सांफे वगर-मार्तडी सडक पनि अवरुदध भएको छ । अम्कोट द्धावारी सडक खण्ड अवरुद्ध भएको छ । बुढीगगंगा नदीले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ ।
बेनी जोमसोम सडकपनि अवरुद्ध भएको छ ।
पानीको अत्याधिक वहावपछि चन्द्रनिगाहपुर गौर सडक खण्डपनि अवरुद्ध भएको छ ।
प्रतिकृया दिनुहोस्