Tuesday, January 26

अस्पतालबाट दुई हात जोड्दै अमिताभले यस्ताे भने

July 21, 2020 577

काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन, गत एक हप्तादेखि नानावटी अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका अमिताभ सामाजिक सञ्जाल मार्फत आफ्नो स्वास्थ्यको बारेमा फ्यानहरुलाई जानकारी दिइरेहका छन् ।

यसै क्रममा आफ्नो शुभचिन्तक र फ्यानहरुलाई अमिताभले सामाजिक सञ्जाल मार्फत धन्यबाद व्यक्त गरेका छन् । उनले दुई हात जोडरे धन्यावद लेखेको पोस्ट सेयर गर्दै लेखेका छन् –‘अहिलेको लागि म यति नै भन्न सक्छु ।’अमिताभका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण भएको छ । उनीहरु पनि अमिताभसँगै अस्पतालमा छन् । भारतीय मिडियाले जनाए अनुसार सबैको स्वास्थ्य अवस्ता अहिलेसम्म सामान्य नै छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्