Tuesday, January 26

O M G << दिदी भेट्न आएका दुई भाइ पहिरोमा बेपत्ता

July 21, 2020 217

दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा सोमबार राती घर माथिबाट पहिरो खस्दा २ जनाको उद्धार गरिएको छ भने २ जना बेपत्ता छन् । एकजना घरभित्र सुरक्षित रहेको र उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए। मंगल बार बिहान ३ बजेतिर माथिबाट पहिरो खस्दा घर आशिंक पुरिएको छ । ३५ वर्षीय लक्ष्मी ढोली उनका ९ वर्षीय छोरा शुबम् परियारको जिवितै उद्धार

गरिएको छ।परियारलाई सामान्य चोटपटक लागेको छ । घटनामा ढोलीकी छोरी सोनिया घरभित्रै अड्किएको र उद्धारकार्य भइरहेको बताइएको छ । अरु २ जना अरुण दर्जी र मिलन दर्जीको अवस्था अज्ञात रहेको छ । उनीहरु लक्ष्मी ढोलीका भाइहरु भएकाले दिदीलाई भेट्न आएको बुझिएको छ । उद्धारको कार्य भइरहकाले थप क्षतिबारे विवरण आउन बाँकी रहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेनद्रसिंह धामीले बताए।

प्रतिकृया दिनुहोस्