Friday, January 15

Breaking…..एक जिल्लाबाट अर्को जिल्लामा बस चलाउन दिने निर्णय

July 20, 2020 190

काठमाडौं – एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा छोटो दुरीका बस चलाउन दिने निर्णय गरेको हो । तर यसरी बसहरु सञ्चालन गर्दा अनिवार्य सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क, सेनिटाईटरको प्रयोग गर्नुपर्ने, स्वास्थ्य सर्तकता अपनाउनुपर्नेछ ।

गत वर्ष चैत्र ११ गतेबाट बन्द भएको सार्वजनिक सवारी सञ्चालन केहि दिन अघिबाट जोर बिजोर प्रणालीका आधारमा सञ्चालन भएका थिए । तर ति सवारीहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा जाने अनुमति भने थिएन ।

आजको बैठकले स्वास्थ्य सावधानी अपनाउँदै छोटो दुरीमा अन्तर जिल्ला यात्रुबहाक बस सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि मौद्रिक नीतिले आफ्ना मागहरु सम्बोधन गरेको भन्दै यातायात व्वयाी सुरक्षा सावधानी अपनाएर सवारी सञ्चालन गर्न उत्साहित भएका थिए ।

यसैबीच गत वर्ष चैत्र ११ गतेबाट बन्द रहेको हवाई उडान करिव साढे चार महिना महिनापछि सञ्चालन हुन लागेको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्यायन मन्त्री यागेश भट्टराईका अनुसार आगामी भदौ १ गतेबाट आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय भएको हो ।

प्रतिकृया दिनुहोस्