Sunday, January 24

हिसाब किताबको विषयमा मेयर र कर्मचारीबीच चर्काचर्की, मेयर अस्पताल भर्ना

July 20, 2020 155

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा मेयर र कर्मचारीबीच चर्काे वि वाद भएको छ। आइतबार साँझ नगरपालिका कार्यालयमा मेयर रामबाबु यादवको कार्यकक्षमा कु टाकुटसमेत भएकाे स्रोतले जनाएको छ। हो हल्ला र कु टाकुटपछि मेयर रामबाबु यादव एक अस्पतालमा भर्ना भइ उपचार गराइरहेको स्रोतको दाबी छ।

कार्यालयका एक कर्मचारीले भने ‘ढोकाको चु कुल लगाएर भित्र नगरप्रमुख यादव, प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्ले, एक इन्जिनियर र लेखाअधिकृतबीच छलफल हुँदै थियो। त्यतिकैकमा जोड जोडले हो हल्ला भयो। त्यसपछि ड्यांगड्यांग-डुंगडुंगको आवाज आयो। लगतै मेयर साहेब अस्पताल भर्ना हुनुभो।’

नगरपालिकाभित्र कु टाकुट भएपनि मेयर र कर्मचारीहरु भने ढाकछोपको प्रयासमा लागेका छन्। घ टना विषयमा कुरा गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले आफू एउटा अकास्मिक मिटिङमा रहेको बताउँदै कुरा गर्न मानेनन्।

मेयर एक अस्पतालमा उपचार गराइरहेको एउटा तस्वीर समेत सार्वजनिक भएको छ। मेयर रामबाबु यादवलाई उच्च र क्तचाप भएपछि अस्पताल भर्ना गरिएको उनी निकटकाले दाबी गरेका छन्घटनाको विस्तृत विवरण आएको छैन भने स्वतन्त्र पुष्टि हुनसमेत बाँकी छ। असार मसान्त सकिएकाले हरहिसाबको विषयमा वि वाद र कु टाकुट भएको हुनसक्ने स्रोतको भनाइ छ।

यो पनि पढ्नुहोस, काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मुख्य सहरमा आजदेखि थप सार्वजनिक गाडी चल्न थालेका छन् । असार ३० गतेदेखि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा थोरै सङ्ख्यामा सार्वजनिक गाडी चल्दै आएकोमा आजदेखि अरु पनि थपिएका हुन् । यसअघि साझा यातायातसहित सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले थोरै सङ्ख्यामा बस चलाउँदै आएका थिए ।

सरकारले ल्याएको मौद्रिक नीतिमा व्यवसायीका धेरैजसो माग सम्बोधन भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ पनि आजदेखि गाडी चलाउन सहमत भएको हो । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालका अनुसार सरकारको निर्णयअनुसार अहिले जिल्लाभित्रै मात्रै गाडी चल्नेछन् । काठमाण्डौ उपत्यकामा तीन जिल्लामा गाडी चल्नेछन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बिस्तारै गाडीको संख्या थपिदै जाने बताउनुभयो ।

तर, यातायात व्यवसायीको अर्को संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने आजदेखि सार्वजनिक गाडी चलाउनेबारे कुनै निर्णय नभएको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगेको जनाएको हो । सरकारले गएको असार २३ गते छोटो दूरीमा सार्वजनिक गाडी चल्न सक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि व्यवसायी र मजदुर सङ्गठनले यातायात विभागसँग छलफल गर्दै आएका महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना बीमा, चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा छलफल भइरहेको छ ।

सार्वजनिक गाडीकै कारण कोरोना स ङ्क्रमण थप नफैलियोस् भनेर तयारी गर्न नियमित छलफलमा जुटेको उहाँको दावी छ । कोभिड–१९ को सङ्क्रमण फैलिएको बेला विभागले गएको महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासङ्घले बताउँदै आएको छ । कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै गाडी सञ्चालन गर्ने वातावरण नबनेको सिटौलाको भनाइ छ । सरकारले काठमाण्डौ उपत्यकाभित्र एक जिल्ला तथा उपत्यका बाहिर एक जिल्ला भित्र सार्वजनिक गाडी चल्न सक्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्