Monday, March 8

पत्रकारले मास्क नलगाइकन कोरोना पोजिटिभलाई प्रश्न सोधेपछि…(भिडियोसहित)

July 20, 2020 165

पाकिस्तानमा कोरोनाभाइरसको कहर जारी छ । यसैबीच एक भिडियाे सामाजिक संजालमा भाइरल बनिरहेको छ । त्यस भिडियोमा रिपोर्टरले मास्क नलगाइकन रिपोर्टिङ गर्दा अप्ठ्यारोमा परेका छन् । एक निजी टेलिभिजन च्यानलका रिपोर्टर अदनान तारिकले पेशावर शहरमा पेट्रोलको सम स्याका विषयमा रिपोर्टिङ गरिरहेका थिए ।

बाइकमा रहेका एक व्यक्तिलाई पेट्रोलको अभावका विषयमा उनले प्रश्न गर्दा उसले आफू कोरोनापीडित भएको बतायो । पेट्रोलको अभाव छ भनी उसले बताएपछि आफू कोरोना पोजिटिभ भएको जानकारी दियो अनि अस्पताल जान लागेको बतायो । उसले मास्क लगाएको थिएन ।

घ टनाको भिडियो अनस मलिकले शेयर गरेका हुन् । तारिकले मास्क त भिरेका थिए तर चिउँडोमा । त्यसपछि त उनको होश उड्यो । त्यसपछि पत्रकारले के गरे हाेलान्? हेर्नुहाेस् भिडियाेमा, भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्

प्रतिकृया दिनुहोस्