काठमाडौं / सरकारले लकडाउनको समय थप्ने भएको छ। सोमवारको मन्त्रिपरिषद् बैठकमा सरकारले लकडाउन लम्ब्याउने बारे निर्णय लिने भएको हो।उच्च सरकारी श्रोतका अनुसार आगामी साउन ७ सम्मका लागि रहेको लकडाउन समय लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा भने परिवर्तन हुनेछ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचाबारे प्रस्ताव तयारी भईरहेको बताईएको छ। यसलाई आज सोमवार बस्ने मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि लगिनेछ।
सीसीएमसी सचिवालयका संयोजक समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले ७ साउनको ढाँचाबारे सुझाव संकलन गरी छलफल भइरहेको जानकारी दिए।नयाँ ढाँचामा रोकथामको उपायसहित विभिन्न क्षेत्र विस्तारै खोल्न दिने तयारी भएको छ। यसपटक होटल तथा रेष्टुँराहरु निश्चित मापदण्डसहित खोल्न दिइने छ।
शैक्षिक संस्थाहरु विभिन्न समुहमा आलोपालो गरी खोल्नेबारे पनि छलफल बढाइएको श्रोतले जानकारी दियो। मनोरञ्जन स्थल र विद्यालयहरु भने अझै केही समय बन्द रहने बताइएको छ।
प्रतिकृया दिनुहोस्