यो मन्दिरको विशेषताहरु धेरै छन्। यो मन्दिरको पहिलो विशेषता यहाँको शिवलिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ। याे मन्दिर भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।
आधार सहित शिवलिंगको ऊंचाई ४० फीट भन्दा बढी छ , शिवलिंगको लंबाई ७.५ फिट छ , व्यास ५.८ फिट छ । अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ। भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो।
यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन। एउटै ढुंगाको तौल ७० टन रहको छ। यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ।
भोजेश्वर मन्दिरः जसलाई भोजपुर मन्दिर पनि भनिन्छ) मध्य प्रदेशको राजधानी भोपाल देखि लगभग ३० किलोमिटर दूर स्थित भोजपुर नामक गाउँमा बनाइएको मन्दिर हो । यो मन्दिर बेतवा नदीको किनारमा विन्ध्या दायराको मध्य एक पहाडीमा स्थित छ ।
मन्दिरको निर्माण एवम् यसको शिवलिङ्गको स्थापना धारको प्रसिद्ध परमार राजा भोज (सन् १०१० – १०५३) ले गरेका थिए । उनको नाममा नै यसलाई भोजपुर मन्दिर वा भोजेश्वर मन्दिर पनि भनिन्छ, तथापि केहि पौराणिक कथाहरूको अनुसार यस स्थलको मूल मन्दिरको स्थापना पाण्डवहरू द्वारा गरिएको मानिन्छ ।
यसलाई उत्तर भारतको सोमनाथ पनि भनिन्छ । यहाँको शिलालेखहरू देखि ११औं शताब्दीको हिन्दू मन्दिर निर्माणको स्थापत्य कलाको ज्ञान हुन्छ र थाहा हुन्छ कि गुम्बजको उपयोग भारतमा इस्लामको आगमन अघि पनि हुन्थ्यो । यस अपूर्ण मन्दिरको वृहत कार्य योजनालाई निकटवर्ती पाषाण शिलाहरूमा उत्कीर्ण गरिएको छ ।
यी नक्शा चित्रहरूको अनुसार यहाँ एक वृहत मन्दिर परिसर बनाउन योजना थियो, जसमा धेरै अन्य मन्दिरहरू बनाइन्थ्यो । यसको सफलतापूर्वक सम्पन्न हुँदा यो मन्दिर परिसर भारतको सबैभन्दा ठूलो मन्दिर परिसरहरू मध्ये एक हुन्थ्यो ।
मन्दिर परिसरलाई भारतीय पुरातत्त्व सर्वेक्षण विभाग द्वारा राष्ट्रिय महत्त्वको स्मारक चिह्नित गरिएको छ र यसको पुनस्र्त्थान गरिसकेपछि, यसलाई फेरि राम्रो देखाउने प्रयास गरिएको छ । मन्दिरको बाहिर पुरातत्व विभागको शिलालेख अनुसार यस मन्दिरको शिवलिङ्ग भारतका मन्दिरहरूमा सबैभन्दा उच्च एवम् विशालतम शिवलिङ्ग हो । यस मन्दिरको प्रवेशद्वार पनि कुनै हिन्दू भवनको ढोकाहरूमा सबभन्दा ठूलो हो । मन्दिरको नजिकै यस मन्दिरलाई समर्पित एक पुरातात्विक संग्रहालय पनि निर्माण गरिएको छ ।
प्रतिकृया दिनुहोस्