Monday, March 8

हेर्नुहोस। छालामा देखिदैछ कोरोनाकाे नयाँ लक्षण (सबैका लागी सेयर गरौ।

July 19, 2020 286

एजेन्सी। बेलायतका बैज्ञानिकहरुले कोरोना भाइरस रोग (कोभिड–१९) को नयाँ लक्षणबारे जानकारी दिएका छन्।

स्कीन र्‍यासेस (छालामा दाग देखिने, छालामा डाबर आउने, चिलाउने, छालाको रंग परिवर्तन हुने,) लगायतका छालामा असामान्य परिवर्तन देखिनु पनि कोरोनाको लक्षण हुनसक्ने उनीहरुले बताएका छन् । बैज्ञानिकहरुले स्किन र्‍यासेसलाई पनि कोरोना लक्षणमा समावेश गर्न बेलायतकाे राष्ट्रिय स्वास्थ्य सेवा निकायलाई अपिल गरेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि स्किन र्‍यासेस पनि कोरोनाको लक्षण हुनसक्ने बताएको छ । कोरोनाको नयाँ लक्षणका सम्बन्धमा गरिएको अनुसन्धानमा प्रत्येक ११ कोरोना संक्रमितमा १ जनालाई स्किन र्यासेसको समस्या देखिएको छ।

प्रमुख अनुसन्धानकर्ता डा.मारिया फाल्चीले कोरोनाका बिरामीलाई केही हप्तासम्म स्किन र्‍यासेसको समस्या रहने पाइएको जानकारी दिनुभयो । लण्डनको किंग्स कलेजका बैज्ञानिकहरुले २० हजार कोरोना संक्रमितमाथि गरेका अनुसन्धानले ९ प्रतिशत संक्रमितमा छालाको समस्या रहेको पाइएको हो।

हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा निकायले कोरोनाको लक्षणमा ज्वरो आउनु, लगातार खोकी लाग्नु तथा सुँघ्ने शक्तिमा हस आउनु राखेको छ।डब्ल्यूएचओले शरीर दुख्नु, ज्वरो आउनु, टाउको दुख्नु, स्किन र्‍यासेस, थकाइ लाग्नु, सुख्खा खोकी, सास फेर्न गाह्रो हुनु,नाक बन्द हुनु, घाँटीमा समस्या आउनु, पखालालाई कोरोनाको लक्षणमा राखिएको छ।

प्रतिकृया दिनुहोस्