Tuesday, January 19

तीन करोड ४५ लाख ब्याज मिनाह

July 18, 2020 172

झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ ।

संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु तीन करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

“यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ”, उहाँले भन्नुभयो, “ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।”संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्