Wednesday, March 3

कट्टु सानो सिलाइदिएको भन्दै पुलिसमा ‘उजुरी’

July 18, 2020 464

पसलेले खराब सामान दिएको र त्यस्तो सामान फिर्ता लिन नमानेको जस्ता गुनासाहरु ग्राहकहरुले गर्ने गर्दछन् । तर कट्टु सानो सिलाइदिएको भन्दै सूचिकारवि रुद्ध पुलिसमा उ जुरी दिएको चाहिँ अहिलेसम्म सुनिएको थिएन र याे बिश्वमा पहिलाे पटक घटेकाे घ टना हाे ।

छिमेकी मुलुक भारतमा हालै एकजना व्यक्तिले आफ्नो कट्टु आवश्यकताभन्दा सानो सिलाइदिएको भन्दै कट्टु सिलाउने व्यक्तिविरु द्ध उजुरी दिएसँगै अब सुन्न बाँकी केही रहेन ।भारतको भोपालस्थित हबिबगञ्जको घ टना हो यो । कृष्ण कुमार दुबे नामका ती व्यक्तिले एकजना छिमेकी सूचिकारलाई दुई मिटर कपडा दिँदै आफ्नो लागि कट्टु सिलाइदिन लगाए । सूचिकारले कृष्णकुमारका लागि कट्टु त सिलाइदिए तर कट्टुको साइज कृष्णलाई सानो भयो ।

कट्टु सानो भएको भन्दै त्यसको धागो उधारेर केही खुकुलो बनाइदिन उनले सूचिकारसँग आग्रह गरे । तर सूचिकारले उनको आग्रह अस्विकार गरे ।दुई मिटर कपडा दिँदासमेत आफूलाई अट्ने कट्टु नसिलाइदिएको झोँकमा कृष्णले ती सूचिकारवि रुद्ध प्रहरीमा उ जुरी हाले । प्रहरीमा दिएको लिखित उ जुरीमा उनले सूचिकारवि रुद्ध कानूनी कार वाही गर्न माग गरेका छन् ।

त्यो अनौठो उ जुरी देखेर पुलिस पनि छक्क पर्यो । एकछिनको विचार विमर्शपछि पुलिसले त्यस्तो उजुरी दर्ता गर्न नसकिने भन्दै सूचिकारबाट क्षतिपूर्ति चाहिएमा अदालतमा मु द्दा हाल्नका लागि कृष्णकुमारलाई सल्लाह दिएको बताइएको छ ।प्रहरीको त्यस्तो सल्लाहपछि ती व्यक्ति सूचिकारवि रुद्ध अदालतमा गए वा गएनन् भन्नेचाहिँ खुलेको छैन । अहिले याे निकै अनाैठाे घ टना देशभर चर्चामा रहेकाे छ ।

प्रतिकृया दिनुहोस्