Wednesday, March 3

केन्द्रीय समितिसँग ओली ड’रले थुरुरु, प्रचण्डलाई कुर्सी भाँ’चिदिने चे’तावनी दिएको खुलासा !

July 18, 2020 223

काठमाडाैं । असार १० देखि जारी स्थायी कमिटीको बैठक रोकेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउन केपी ओली, प्रचण्ड र माधव नेपाल बिहीबार बालुवाटारमा सहमत भएका थिए । शुक्रबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने र त्यहीँबाट केन्द्रीय कमिटीको मिति तोक्ने तीन नेतावीच सहमति भएको थियो ।

तीन नेताको ‘जेन्टलमेन एगि्रमेन्ट’पछि शुक्रबार बेलुकै प्रचण्डनिवास खुमलटार र प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई गुटका बेग्लाबेग्लै बैठकहरु बसे । आफ्नो गुटको भेलामा प्रचण्ड-माधव समूहका नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउनु उपयुक्त हुने निश्कर्ष निकाले । तर, बालुवाटारमा बसेको ओली गुटको बैठकले भने अहिलेको अवस्थामा केन्द्रीय कमिटीको बैठकमा जाँदा आ’त्मघा’ती हुन सक्ने निश्कर्ष निकाल्यो ।

स्थायी कमिटीको निर्णयलाई त केन्द्रले अनुमोदन गर्नुपर्छ भनेर केही समय टार्न सकिएला, तर केन्द्रीय कमिटीले जे निर्णय गर्छ, प्रधानमन्त्रीले त्यसलाई मान्नैपर्ने हुन्छ भन्दै ओली पक्षका नेताहरुले ओलीलाई सतर्क गराए ।

बिहीबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीले पोखरेलसहित महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा अर्को पक्षको सम्भावित कदम र त्यसको सामना गर्ने रणनीतिका ओलीले परामर्श गरेका थिए । केन्द्रीय कमिटीको बैठक बोलाउन प्रधानमन्त्रीले दिउँसो गरेको सहमति उचित नभएको उनी निकटका नेताहरुले सुझाएपछि ओली अघिल्लो दिनको सहमतिबाट एकाएक ‘ब्याक’ भए ।

शुक्रबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक दिउँसो ३ बजेलाई सारिएको सूचना आयो । तर, ३ बजे पनि बैठक बसेन र आइतबार दिउँसो ३ बजे बस्ने गरी स्थायी कमिटीको बैठक एकै दिन दुईचोटि सारियो । यसवीचमा शनिबार सचिवालय बैठक बस्ने सूूचना आयो ।

आखिर भदौमा केन्द्रीय समितिको बैठक राख्ने विहीबारको त्रिपक्षीय सहमतिबाट प्रधानमन्त्री ओली किन ‘ब्याक’ भए ? प्रचण्ड पक्षका नेताहरु भन्छन ओली केन्द्रीय समितिसँग ड’राएर थुरुरु भएका छन् । नेकपाको आन्तरिक कलहमा धा’क ध’म्की र चेतवानीले अहिले निक्कै ठाउँ पाएको छ ।

केहि समय अघि मात्रै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले अर्का पार्टी अध्यक्ष केपी ओलीलाई कुर्सी भाँ’चिदिने चेतावनी दिएको खुलासा भएको छ । यो प्रसंग नेकपाका सीमित नेताहरुलाई मात्र थाहा छ, जसले असार १० बाट शुरु भएको स्थायी कमिटी बैठक ‘न मरीजाने, न गरीखाने’ अवस्थामा पुर्‍याइदिएको थियो ।

प्रसंग हो, स्थायी कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले बहुमत पक्षका नेताहरुलाई दिएको क’डा चे’तावनी । आफूलाई प्रधानमन्त्री वा अध्यक्षबाट ग’लह’त्याएर निकाले कुर्सी भाँ’च्दिन्छु, हात छाडे (कुनै एक्सन लिए) उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु भनेर प्रधानमन्त्री ओलीले प्रचण्ड पक्षका नेताहरुलाई केही दिनअघि चेतावनी दिएका थिए ।

ओलीले पछिल्ला भेटमा प्रचण्ड लगायतका नेताहरुलाई भनेका थिए, म यो पदमा टाँसिएर बसिरहन्न । तर, ग’लह’त्याएर निकाल्न खोज्नुहुन्छ भने तपाईहरुलाई दिन्न, यो कुर्सी भाँचिदिन्छु । म आफू हात छाड्दिनँ, तर तपाईहरुले हात छाड्नुभयो भने उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु, त्यसको सामना गर्न तयार हुनुस् ।

आफू अल्पमतमा पर्दा पनि सचिवालय र स्थायी कमिटीलाई आफूवि’रुद्ध निर्णय गर्न नदिएका ओलीले अहिलेसम्म प्रचण्ड र माधव नेपाललाई भन्दै आएका थिए, ‘अध्यक्ष हुने भए महाधिवेशन पर्खिनुस, प्रधानमन्त्री हुने भए अर्को चुनावसम्म पर्खिनुस् । प्रचण्ड-माधव समूहको ड’र शुरुमा ओली हटाउने निर्णय गर्दा उनले संसद विघटन गर्ने, सं’कटकाल लगाउने, पार्टी फु’टाउने जस्ता क’दम चाल्छन् कि भन्ने थियो ।

केपी ओलीले भनेका कुर्सी भाँच्ने र हात फर्काउने दुई पदावलिभित्र नेकपाभित्रको सं’कट सुर्केनी लाग्दै आएको छ । बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई हट्न भनेमा उनले नमान्ने घोषणा गरेका थिए । कुर्सी भाँ’च्छु भनेर उनले आफूलाई ह’टाए अरु कोही बस्न नसक्ने गरी देशलाई संवैधानिक सं’कटमा धकेल्छु भनेको अर्थमा प्रचण्ड माधव नेपाल पक्षका नेताहरुको बुझाइ थियो ।

यसको अर्थ ओली आफूलाई प्रचण्ड-नेपाल पक्षले निर्णय गरेर हटाउन् भन्ने चाहन्थे । त्यसैले बारम्बार उनले आफूले दुवै पद नछाड्ने भन्दै जे गर्ने हो गर्नू भनेर चुनौति दिइरहे । यद्यपि बहुमत पक्षका नेताहरु भने केपी ओलीको चेतावनीसामु झुकेको नभई पार्टी विभाजन हुन नदिन आफूहरु हदैसम्म लचिलो बनेको तर्क गर्छन् ।

यसबीचमा केपी ओलीले बहुमत पक्षभित्रै खेलेर गठबन्धन भ’त्काउन प्रयास पनि गरे । यसबाट उनी आफ्नो पदको सुरक्षाका लागि सबै विकल्पको सामना गर्ने तयारीमा छन् भन्ने बुझ्न सकिन्छ । तर, अन्ततः उनले केन्द्रीय कमिटीको बैठकको सामना गर्ने आँट गरेनन् र पछि हटे । प्रचण्ड र माधव नेपाल पक्षले केपी ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा गर्न दबाब दिइरहेका बेला ओली पक्षले भने असार १० यता लगातार अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने बटमलाइन बनाइरह्यो ।

प्रतिकृया दिनुहोस्