Monday, January 18

चार दिन लगातार भारी वर्षा हुने, पहिरोकाे सम्भावना बढ्यो, सतर्कता अपनाउन आग्रह

July 17, 2020 219

काठमाडौं । आउँदो आइतबारदेखि चारदिनसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुन सक्रिय भई आइतबारदेखि देशका विभिन्न भागमा तीन दिनदेखि चार दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसअघि पनि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ । देशको पूर्वमा मनसुन बढी सक्रिय हुने र सुदुर पश्चिममा केही ठाउँमा भारी वर्षा हुनेछ।

आइतबारदेखि अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय हुने भएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले बताउनुभयो । प्रदेश १, २, ५, वागमती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्ष हुनेछ।

साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।यसअघि असार महिनाको वर्षा र बाढी पहिरोमा परि करिव एक सय जनाको मृ’त्यु भएको छ भने ४५ जना हराइरहेका छन्।

प्रतिकृया दिनुहोस्