Tuesday, January 19

नयाँ मौद्रिक नीति पारित, को’रोना प्रभावित व्यवसायको ऋण तिर्ने अवधि २ वर्ष थपिने

July 17, 2020 161

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति पारित गरेको छ ।सञ्चालक समितिको बैठकबाट पारित भएसँगै आजै अपराह्नसम्म मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट को’रोना भा’इरसका कारण प्रभावित व्यवसायलाई तीन तहमा वर्गीकरण गरी ऋण तिर्ने समय २ वर्षसम्म थपिने भएको छ ।

व्यवसायको प्रकृतिअनुसार ऋण तिर्ने समय ३ महिनादेखि २ वर्षसम्म थप गर्ने गरी मौद्रिक नीति तर्जमा गरिएको हो । बढी प्रभावित व्यवसायलाई बढी सुविधा प्रदान गरिने छ ।को’रो’नाका कारण अति प्रभावित होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायको लागि ऋण तिर्ने समय १ वर्षभन्दा बढी समयसम्म थप गर्न लागिएको हो । यस्तै, मध्य प्रभावित व्यवसायलाई ६ र कम प्रभावितलाई ३ महिनासम्मको सुविधा दिने व्यवस्था मौद्रिक नीतिमा अंगिकार गर्न लागिएको छ ।

बढी प्रभावित व्यवसायका ऋणिले लिएको कर्जाको पुनर्तालिकीकरण गर्ने तथा व्याजमा पूँजीकरण गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा समेटिएको छ ।मौद्रिक नीतिले मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा केही बढाउने भएको छ । मार्जिन लेन्डिङको सीमा ५ प्रतिशत र होम लोनको सीमा १० प्रतिशतसम्मले बढाइने छ ।

प्रतिकृया दिनुहोस्