Saturday, March 6

घट्यो सुन तथा तथा चाँदीको मूल्य, कति पुग्यो ?

July 17, 2020 329

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो । आज तोलामा ५ सयले कमि आइ प्रतितोला सुनको मूल्य ९२ हजार २ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ७ सय ६० रहेको छ ।त्यस्तै चाँदीको मूल्यमा १० रुपैयाँले कमि आएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ५ रुपैयाँ रहेको थियो । आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ९ सय ९५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्