Wednesday, January 27

कपिलवस्तुमा मात्र एकैपटक १२ जना संक्रमित फेलापरे

May 20, 2020 316

काठमाडौं, ७ जेठ । बुधवार कपिलवस्तुमा मात्र १२ जनामा कोरोना पुष्टि भएको छ । कपिलबस्तुको महाराजगन्ज नगरपालिकामा ९ जना र विजयनगर गाउँपालिकामा ३ गरी १२ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरीले जनाएको छ । संक्रमित मध्ये ६ जना महिला र ३ जना पुरुष छन्। कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) दीप शमशेर जबराले त्यसको पुष्टि गर्दै उनीहरुको सम्पर्कमा रहेका अन्य ब्यक्तिको पनि खोजि सुरु गरिसकिएको जनाएका छन् । एकै पठक ठूलो मात्रामा कोरोना पुष्टि भएपछि उनीहरुलाई ब्यवस्थापनको तयारी पनि सुरु गरिएको प्रहरीले जनाएका छन् ।

संक्रमित देखिएका सबै भारतवाट आएको पनि बताइएको छ । उनीहरु वैशाख २२ र २३ गते भारतबाट आएका थिए । भारतवाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । १२ जनालाई कोारनो पुष्टि भएपछि संक्रमित भएका र नभएकालाई क्वारेनटाइनमा अलग्गै राखिएको छ । संक्रमित मध्ये ८ जना महाराजगन्ज नगरपालिकाको वडानम्बर ९ को क्वारेन्टिनमा र एक जना नगरपालिकाको क्वारेन्टिनमा छन्।

सोमबार नगरपालिकाका क्वारेन्टिनमा रहेका १०८ जनाको स्वाब संकलन गरिएका मध्य ९ जनाको पोजेटिभ रिपोर्ट आएको हो । संक्रमितलाई बुटवल वा दाङको अस्पतालमा पठाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ। विजयनगरमा देखिएका संक्रमितहरुमा दुई पुरुष र एक महिला रहेका छन्।

प्रतिकृया दिनुहोस्