Friday, January 15

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ? (विवरणसहित)

July 16, 2020 358

काठमाडौं । नेपालमा हाल ६ हजार ५६ जना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप १ सय ६७ जना संक्रमण पुष्टि भएको छ ।हालसम्म ११ हजार २ सय ४९ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार सबैभन्दा बढी संक्रमित सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । जहाँ ६७ जना संक्रमित रहेका छन् ।

यस्तो छ आइसोलेसनमा रहेका बिरामीको संख्या

प्रदेश नं १ मा ६७ जना

प्रदेश नं २ मा १ हजार ९ सय १५ जना

बाग्मती प्रदेशमा ४ सय २८ जना

गण्डकी प्रदेशमा ३ सय ८५ जना

प्रदेश नं ५ मा ५ सय ५८ जना

कर्णाली प्रदेशमा ३ सय १९ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना

प्रतिकृया दिनुहोस्