Saturday, February 27

कुन देशमा जन्मिएकी थिइन् कट्रिना कैफ, के हो वास्तविक नाम ?

July 16, 2020 183

बलिउड अभिनेत्री कट्रिना कैफको आज जन्मदिन रहेको छ । उनले १६ जुलाईमा ३७ औँ बर्थडे सेलिब्रेट गरेकी छन् ।उनी फिल्म इण्डस्ट्रिमा आएको लगभग १७ वर्ष भएको छ । उनले शाहरुख, सलमान तथा आमीर खानसँग समेत अभिनय गरिसकेकी छन् । १६ जुलाई सन् १९८३ मा हङकङमा जम्एिकी उनको वास्तविक नाम कट्रिना टरकोटा हो ।

उनको नाम परिवर्तन गर्नुको पछाडि फिल्म बूमकी प्रोड्युसर आएशा श्रफको हात रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।उनलाई कट्रिना काजी नाम राख्न पनि प्रस्ताव आएको थियो तर उनले कैफ नै छानिन् । उनी १४ वर्षको उमेरमा मोडलिङमा छिरेकी थिइन् ।

उनी हङकङबाट मोडलिङका लागि भारत आएकी थिइन् । उनले फिल्म बुमबाट फिल्ममा डेब्यु गरेकी थिइन् । उनी अफेयसैको बारेमा धेरै चर्चा कमउने अभिनेत्रीमा पर्छिन् ।

उनको सफलताको पछाडि सलमानको हात रहेको बताइन्छ । उनीहरु दुबैले ‘म्यान प्यार क्यों किया’ पछि डेट पनि गरेका थिए ।उनीहरु दुबैको नाता राम्रोसँग चलेको पनि थियो । तर सन् २००९ मा उनीहरुको ब्रेकअपको खबर आएको थियो ।

प्रतिकृया दिनुहोस्