पर्वत । श्रीमती दे’हत्याग दु’रुत्सहानको आ’रोपमा प’क्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय युवम प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थु’नामा राख्न आदेश दिएको छ । जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर थापाको इजलाशले मृ’तकका श्रीमानलाई थु’नामा राख्न आदेश दिएको हो ।
असार ५ गते गोठमा झु ण्डिएको अवस्थामा मृ’त फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई म’र्न बा’ध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर वि’रुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा दु’रुत्साहनको मु’द्धा दर्ता गराएका थिए । मृ’तकका श्रीमानलाई थु’नामा राख्न आदेश दिएपनि सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिए ।
मृ’तक कुँवरकी आमा गिता कुँवरले विवाह भएको दुई बर्ष पुरा भएको र विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आ’रोप लगाएर मा’नसिक या’तना दिँदै आएका कारण नै छोरी म’र्न बाध्य भएको आरोप लगाएकी थिइन् । नेपाली सेनाको जागिरे रहेका ज्वाईले विवाहमा सुनको’ सिक्री नदिएको भन्दै पटक/पटक छोरीलाई या’तना दिने गरेको गिताले बताईंन ।
जन्माउन नसकेको, विवाहमा छोरालाई सानो सुनको सिक्री दिएको, कालो र नराम्रो अनुहार भएको, आफ्नो छोराले भन्दा थोरै पढेको र पढाईमा समेत क’मजोर भएको भन्दै आशालाई पटक–पटक परिवारले शारिरीक र मा’नसिक या’तना दिदै आएको उ’जुरीमा उल्लेख गरिएको छ । परिवारले नराम्रो व्यवाहार गरे पनि ज्वाईलाई भनेपछि स’मस्या समाधान होला भनेर आफुले छोरीलाई सम्झाई बुझाई घरमै बस्न भनेको भएपनि पछिल्लो समय नेपाली सेनामा कार्यरत ज्वाई प्रतापले समेत छोरीलाई या’तना दिन थालेको मृ’तककी आमा गिताले बताइन ।
‘छोरीको घर वि’ग्रन्छ भनेर सहेर पनि घरमै बस्नुपर्छ भनेर सम्झाए, गिताले भनीन् छोरी रहेमात्र छोरीको घर हुन्छ भन्ने समयमा नबुझदा आज कोख रित्तो भयो ।’ सम्धीले मेरा छिमेकीलाई छोरी झु ण्डीएको भनेर फोन गरेपछि मैले थाहा पाएकी हुँ उनले भनीन् यहाँबाट मेरा आफ्न्त घ’टनास्थल पुग्दा छोरी भुइमा ल डेको र टाउकोमा चो ट लागेको अवस्थामा मृ’त फेला परेकी रहेछिन् । उनले भनीन् घ’टनाको सत्य तथ्य छानविन गरि अ’पराधीलाई क’डा कार’बाही गर्नुपर्छ । उनलेआफुलाई जानकारी समेत नदिई छोरीका परिवारले हतार हतारमा सतगत गरेको आ’रोप लगाईन । घ’टनास्थलमा छोरीले लेखेको नोट पनि भेटिएको थियो रे, गिताले भनिन् मेरी छोरीलाई म’र्न बा’ध्य बनाउनेलाई तुरुन्तै प’क्रेर का’रबाही गर्नुपर्छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा दिएको निवेदनमा मुलुकी अ’पराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा १ अनुरुप क’सुर भएको बताउँदै सोही दफाको २ नम्बर उप दफा बमोजिम का’र्बाही माग दा’बी गरिएको छ । ऐन अनुसार क’सुर ठ’हरिएमा आ’रोपितलाई ५ बर्ष सम्म कै’द र पचार हजार रुपैँया ज’रिवाना हुने ऐनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्