Wednesday, January 20

भारतका सन्तहरुद्धारा ‘ओली सरकार अब एक महिनामा ढा’ल्ने’ भन्दै आन्दोलन सुरु

July 15, 2020 209

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याको बारेमा दिएको अभिब्यक्तिलाई लिएर नेपालमा भारतीय सन्त तथा महन्थहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । भारतका सन्तहरुले नेपालमा पनि आफ्ना अनुयायी रहेका र उनीहरुलाई नेपालमा आन्दोलन चर्काउन निर्देशन दिने बताएका छन् । सन्त महन्थहरुको सर्वोच्च संस्था अखिल भारतीय आखडा परिषदको नेपालमा रहेका अनुयायीले नेपालमा आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

उनीहरुले भनेका छन्, मर्यादा पुरुष राम नेपालको अयोध्यामा जन्मिएको र भारतले सांस्कृतिक अ’तिक्रम’ण गरेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको वयान आपत्तीजनक छ हामी नेपालमा यस विरुद्ध नेपालमा आन्दोलन चर्काउँछौं ।प्रधानमन्त्री ओलीले सोमवार भानु जयन्तीका अवसरमा सरकारी निवास बालुवाटारमा राम भारतमा नभई नेपालमा जन्मिएको र भारतले नक्कली अयोध्या निर्माण गरेको अभिब्यक्ति दिएका थिए । सो अभिब्यक्तिको अहिले नेपाल र भारतमा विरोध भएको छ । रामायणमा उल्लेख भएका स्थानको खोजी समेत सुरु भएको छ ।

परिषदका प्रमुख महन्थ नरेन्द्र गिरीले बुधवारदेखि नेपालमा आफ्ना अनुयायी सडकमा उत्रिने चेतावनी दिएका छन् । राजनीतिक दाउपेचका लागि विवादित अभिव्यक्ति दिने ओलीलाई एक महिनाभित्र प्रधानमन्त्रीको कुर्सीबाट हटाउने चेतावनी समेत भारतवाट दिएका छन् ।परिषदका प्रमुख गिरीले अयोध्या भारतमा भएको र त्यही अयोध्याले संसारलाई नेतृत्व गरेको दावी गरेका छन् । प्रधानमन्त्रीको सो अभिब्यक्ति पछि भारतीय मिडियामा उनको विरोध भएको छ भने नेपालमै पनि सत्तारुढ नेताहरुले पनि विरोध गरेका छन् ।

नेकपाका उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता भिम रावलले प्रधानमन्त्रीको अभिब्यक्तिको विरोध गरेका छन् । सोही विषयमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले विना प्रमाण अभिव्यक्ति दिएको बताएका छन्।गौतमले दुई वर्ष पहिले आफूसँग प्रधानमन्त्रीले उक्त विषयमा चर्चा गरेको स्मरण गर्दै आफूले विना प्रमाण नबोल्न सल्लाह दिएको उल्लेख पनि गरेका छन्। आफूले सल्लाह दिए पनि ओलीले विना तथ्य सार्वजनिक गर्ने शंका लागेको समेत उनले उल्लेख गरेका छन।

त्यस्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचनात्मक चेत, तथ्य नहेरी क्षणिक स्वार्थका लागि जे भन्ने प्रवृति त्याग्न आग्रह गरेका छन। उनले यस्तो प्रवृत्तिले समाज र राष्ट्रलाई राम्रो नगर्ने पनि बताएका छन।त्यस्तै स्थायी कमिटी सदस्य भीम रावलले विषयान्तर किन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषयमा भारतसँग कुरा गर्नुपर्ने बेला राम र अध्योध्याबारे बहस गर्नुपर्ने हो भन्दै प्रश्नसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्