Sunday, January 17

चौतर्फी आ’लोचला भएपछि अयोध्याबारे सरकारले निकाल्यो फेरी यस्तो क’डा बिज्ञप्ति, काठमाडौँदेखि नयाँदिल्लीसम्म ह’लच’ल

July 15, 2020 259

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’ को जन्मभूमिबारे दिएको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको फरक व्याख्या भएको भन्दै त्यसमा स्पष्ट पारेको हो । उक्त अभिव्यक्ति कसैको भावनामा चो’ट पुर्‍याउने मनसायबाट नआएको समेत परराष्ट्रले जनाएको छ।

राम र उनीसँग जोडिएका धार्मिकस्थलबारे धेरै मिथ र सन्दर्भ सामग्री रहेको भन्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले ‘रामायणले समेट्ने विशाल सांस्कृतिक क्षेत्र, राम, रामायण र यो समृद्ध सभ्यताबारे थप अध्ययन र अनुसन्धानमा जोड दिएको’ दा’बी गरेको छ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यको अवमूल्यन गर्नका लागि थिएन’, विज्ञप्तिमा भनिएको छ। हरेक वर्ष विवाह पञ्चमीको अवसरमा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म जन्ती आउने प्रचलन रहेको समेत जनाइएको छ

दुवै देशका प्रधानमन्त्रीले सन् २०१८ को मे महीनामा रामायण सर्किटको उद्घाटन गर्दै जनकपुर-अयोध्या यात्रुवाहक बस सेवा सञ्चालन गरेको सन्दर्भ जोड्दै परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘यस्ता तथ्यले दुई देशका संस्कृति र जनताबीचको सौहार्दपूर्ण सम्बन्धबारे प्रकाश पार्छन्।’

नेपाल र भारतका जनताबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले महत्त्वका साथ लिएको पनि जनाइएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सत्तारुढ नेकपाका नेताहरूले नै आलोचना गरिरहेका छन् । उनको अभिव्यक्ति पदीय जिम्मेवारी र कूटनीतिक मर्यादाअनुसार नआएको उनीहरूको भनाइ छ ।

२९ असारमा भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अति’क्रमण गरेको आ’रोप लगाएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिको नेपाल र भारतमा समेत सार्वजनिक रुपमा आ’लोचना भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारि गरेको हो ।

परराष्ट्र मन्त्रालयको वक्तव्यको अनौपचारिक नेपाली अनुवाद
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आदिकवी भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती समारोहमा व्यक्त गर्नुभएका विचारहरुलाई लिएर भइरहेका विविध व्याख्याहरुमाथि सरकारको ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भलाई परराष्ट्र मन्त्रालय यसप्रकारले स्पष्ट पार्न चाहन्छ : १) प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चो’ट पु¥याउने आशय राखिएको थिएन ।

२ श्रीराम र उहाँसँग सम्वद्ध स्थानहरुका बारेमा धेरै किंवदन्ती र भनाइहरु छन् । प्रधानमन्त्रीले श्रीराम र उहाँसँग जोडिएका विभिन्न स्थानहरुका बारे नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्वमाथि सामान्य जोड दिनुभएको हो । ३) टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन ।

स्मरणीय यो छ कि विवाह पञ्चमी समारोहको परम्परा, जसमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन्, प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा रामायण सर्किटको उद्घाटन गर्नुभएको थियो, जसमा जनकपुर–अयोध्या यात्रु बस सेवा एउटा महत्वपूर्ण तत्वका रुपमा रहेको छ । यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।

यसैबीच नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा सोमबार दिएको अभिव्यक्ति सच्चाउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र भारतले नक्कली अयोध्या खडा गरेको भन्ने अभिव्यक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको भन्दै गौतमले ओलीलाई आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्न फेसबुकमा सुझाव दिएका हुन् । यस्तो छ गौतमले प्रधानमन्त्रीलाई दिएको सुझाव–

”राम जन्मभूमि र वि’वाद
नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क. केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषय बारे चर्चा गर्नुभएको थियो ।

मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईंले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण बिना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।

क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नुपर्दथ्यो ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौं । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रशंसा गरिरहिने छ ।

संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चो’ट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौं ।
राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालो’चना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।”

प्रतिकृया दिनुहोस्