July 14, 2020 252
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा दुई जना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो ।परीक्षणका लागि हाल सुरुङमा पानी हालिएको छ । यसअघि पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए ।प्रहरीका अनुसार उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरी अस्पताल पठाइएको र दुई जनाको भने खोजी कार्य भइरहेको छ ।
प्रतिकृया दिनुहोस्