Monday, January 25

मैले लगाएको पुरानो ज्याकेट प्रचण्ड र बाबुरामलाई गन्हाएपछि मलाई हेपे भन्दै बोले पूर्वमन्त्री विष्टमगर

July 14, 2020 215

काठमाडौं । पूर्व मन्त्री एवम्‌ तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले ‘मेरो आदर्श स्खलित भएको दिन भन्दै लेखेको एउटा स्टाटस अहिले चर्चामा छ ।

राजनीति छाडेर कृषि व्यवसायमा लागेका पूर्व मन्त्री विष्टमगरले अहिले दाङको तुलसीपुर उपमहानगरपालिका(१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गामा ‘ड्रागन’खेती गर्दै आएका उनले फेसबुकमा ‘मेरो आदर्श स्खलित भएको दिन शीर्षकमा लामो स्टाटस लेख्दै प्रचण्ड र बाबुरामले गरेको दुब्र्यबहारको अहिले आएर भण्डार गरेका छन् ।

६२ ६३ सालको कुरा स्मरण गर्दै पूर्वमनत्री विष्टमगरले फेसबुकमा अगाडी लेख्छन् ‘एकदिन पोखरा एअरपोर्टमा क।प्रचण्ड र क।बाबुरामसँग थिए म,भीआइपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे १ मुन्टो निहुराएर कुरा गर्नुभो १ मैले सुनिरहे १ म अलि पर थिए । सारमा “लगाउन,खान र चल्न नजान्ने” भनेर मेरो चर्को आलोचना भयो । मैले नसुने झैं गरेर सुनिरहे कान थापेर ।

मलाई नमीठो लाग्यो । उनले आफ्नो स्टाटसको अगाडी लेख्छन् “आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम ‘” हाम्रा आदर्श थिए । पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो । आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर(भोगेर भन न न न‘।

चक्कर आयो १ तर, समालिएर बसे र अडिए १ यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो १ अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ १ म उल्लु रहेछु, धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो १ तत्कालिन माओवादीबाट चोइटिएर बाबुरामले आफ्नो पार्टीमा पनि अडिन नसकेपछि अहिले उनी मधेसवादी दलमा मिसिन पुगेका छन् भने प्रचण्डले माओवादीलाई नेकपामा गाभेर अध्यक्ष भए पनि उनको पार्टी फुटको संघारमा पुगेर अस्तिवको लाडाईमा संर्घषरत छ ।

प्रतिकृया दिनुहोस्