July 14, 2020 253
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक सयले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ७६० रुपैयामा कारोबा भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपियाँले बढेर ९९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिकृया दिनुहोस्