यामाहा मोटोकोर्पको १५० सिसि सेग्मेन्टमा सबै भन्दा सस्तो मोटरसाइकल एसजेड आरआर १५० सीसी नेपालमा पनि बिक्री हुदै आएको छ । नेपालका लागी आधिकारिक वितरक एमएडब्ल्युले एसजेड आरआर १५० सीसी खरिद गर्नेलाई विभिन्न अफर पनि ल्याएको छ । हाल यसको बजार मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ रहेको छ ।
कोरोना संक्रमण पछीको अवस्थालाई मध्यनजर गर्दै कम्पनिले विभिन्न फरक स्किम ल्याएको छ । अफर अनुसार एसजेड आरआर १५० शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने छ । यस स्कीममा ग्राहकले ३ बर्षको किस्तामा मोटरसाइकल किन्न सकिने छ । यस योजनामा ग्राहकले ८ हजार ४११ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । तर यसको लागि ग्राहक स्थानीय वासिन्दाअभाने हुनु पर्ने छ ।
त्यस्तै १० प्रतिशत डाउन पेमेन्ट गरेर पनि मोटरसाइकल किन्न सकिनेछ । तर स्थानीय बासिन्दाले मात्र १० प्रतिशत डाउन पेमेन्ट गर्न सक्नेछन् । यस स्किम अन्तर्गत पहिलो १२ किस्ता ८ हजार ८८० र बाँकी २४ किस्ता ६ हजार ७२८ रुपैयाँ का दरले ३६ महिनामा किस्ता तिर्नु पर्छ ।
त्यसैगरी अर्को २५ प्रतिशत डाउन पेमेन्ट गरेर पनि यो मोटरसाइकल किन्न सकिने छ। तर यस स्किममा भने अस्थाई बासिन्दाले पनि सजेड आरआर १५० खरिद गर्न सक्ने छन । २५ प्रतिशत डाउन पेमेन्ट गर्नेले ७ हजार १९४ रुपैयाँ मासिक किस्ता ३० महिना तिर्नु पर्नेछ ।
प्रतिकृया दिनुहोस्