Saturday, February 27

बृद्धाश्रममा सन्तान आउने दिन कुर्दाकुर्दै अस्ताइन ६८ वर्षीया चेतकुमारी बुढाथोकी

July 13, 2020 259

अपराहन्न करिब पाँच बजे उनले जीवनको अन्तिम सा स फेरिन् र सधैका लागि अ स्ता इन्। बुढेसकालमा जीवनको ओत खोज्दै तेरौंटेस्थित बृद्धाश्रममा आइपुगेकी ६९ वर्षीया चेतकुमारी बुढाथोकी असार १२ गते बृद्धाश्रममै बि तिन्। उनी नौ महिनाअघि वृद्धाश्रममा पुगेकी थिइन्। आफ्ना चार सन्तान, आफन्त र माइतीले साथ छाडेपछि उनी एक्लो बनेकी थिइन्। जीवनको अन्तिम सहारा खोज्दै उनी बृद्धाश्रमको बाटो तताएकी थिइन्।

‘जाँगर छुउञ्जेल हात खुट्टा चलाएँ। बुढेसकाल लागेपछि रोगले च्यायो। काम गर्न नसक्ने भएँ’– छ महिना अघि बृद्धाश्रममा भेटिदा उनले भनेकी थिइन्– ‘आफ्नो भन्नु सबै भएर पनि कोही नभए जस्तो भयो। बुढेसकाल सबैका लागि बोझ भयो। कतै अटाउन सकिनँ। अनि मैले बृद्धाश्रम नआएर सुखै पाइनँ।’

‘उमेर छउञ्जेल सन्तानबाटै राम्रै व्यवहार पाएँ’– उनले सुनाएकी थिइन्– ‘उमेर बढ्दै गएपछि रोगले सताउन थाल्यो। तब सबैबाट टाढिदै गएँ।’

उनी दाङमा जन्मिन्। बिहेवारी पनि यतै गरिन्। चार सन्तान भए। अहिले दुई सन्तान नारायणगढ र एक सन्तान दाङमै छन्। सानैमा भारत पसेका एक छोरा भने वेपत्ता छन्। श्रीमान्ले अर्की ल्याएपछि उनी नारायणगढ पुगेर १२ वर्ष होटल गरिन्। सन्तानलाई उतै पढाइन्, हुर्काइन्। शिक्षादीक्षा दिइन्। विवाहवारी गरिदिइन्।

जीवनको बाटो देखाइदिइन्। होटलबाट उनले केही सम्पत्ति पनि जोडिन्। सम्पत्ति जति सन्तानलाई भाग लगाइदिइन्। अहिले उनका सन्तानले राम्रै घरगृहस्थी गरेका छन्। व्यवस्थित जीवन बाँच्दैछन्। शरीरमा बल छउञ्जेल उनले होटल नै चलाइ रहिन्। त्यसपछि उनी जेठो छोरासँग बसिन्। ‘उमेर छउञ्जेल सन्तानबाटै राम्रै व्यवहार पाएँ’– उनले सुनाएकी थिइन्– ‘उमेर बढ्दै गएपछि रोगले सताउन थाल्यो। तब सबैबाट टाढिदै गएँ।’

उमेर ढल्कदै गएपछि उनी आफ्नै सन्तानबाट पराइ जस्तै भइन्। उनीहरुसँग बस्न सकिनन्। सन्तानप्रतिको जिम्मेवारी निर्वाह गरिसकेपछि उनले जीवनभर जोडेको सम्पत्ति छाडेर दाङ फर्किइन्। तर केही गर्नका लागि शरीरमा पहिले जस्तो जाँगर थिएन। सहारा भन्नु पनि कोही थिएन।

दाङ फर्किएपछि केही समय उनले होटल चलाइन्। त्यसपछि बिरामी परिन्। पेटमा पानी भरिएको रहेछ। अप्रेसन गरिन्। साथमा केही थिएन। ‘न पैसा थियो, न आफन्ती’– उनले भनेकी थिइन्– ‘होटल बेचेर औषधि गरें।’ अस्पतालमा उनी १२, १५ दिन बिरामी भएर थलिइन्। तर भेट्न कोही आएनन्।

उनका सन्तान थिए, आफन्त र माइती पनि थिए। र, पनि कसैले उनलाई सम्झिएनन्। भेट्नसम्म आएनन्। अन्ततः उनी बुढ्यौली उमेर र रोगले थलिएपछि कमजोर शरीर बोकेर गत वर्ष बृद्धाश्रम पुगेकी थिइन्।

बृृद्धाश्रममा उनी करिब नौ महिना बसिन्। तर कुनै सन्तान पनि उनलाई भेट्न आएनन्। फोनसम्म गरेनन्। आफन्त र माइती पनि नभएका होइनन्। कसैले उनलाई वास्ता गरेनन्। आफ्ना भन्नु भाइ बुहारी रहेछन्। उनीहरु भने बेलामौका भेट्न आइरहे।

आफैले जन्माएर हुर्काइ बढाई गरेको सन्तानले नसम्झे पनि उनलाई भने सन्तानको सम्झनाले सुब सताउँथ्यो। जीवनको अन्तिम क्षणमा उनलाई अरु केही चाहना थिएन। मात्र सन्तानको साथ चाहन्थिन्। उनलाई लागेको थियो– आफैले जन्माए, हुर्काएका सन्तानले एकदिन त कसो पो न सम्झिएलान्।

छ महिनाअघि उनीसँग गरेको संवादमा उनले भनेकी थिइन्– ‘दुःखसुख जे छ, सन्तानको साथमा बिताउने मन छ। उनीहरुको साथ पाए सबै पुग्ने थियो। मलाई लिन आए त अहिले नै यहाँ (बृद्धाआश्रम) बाट जाने थिएँ।’ जीवनको अन्तिमसम्म पनि उनले बृद्धाश्रममा सन्तानको प्रतीक्षा गरिरहिन्। सन्तानको बाटो कुरिरहिन्। र, अन्ततः उनी सन्तानको पर्खाइमै बितिन्।

असार १३ गते भौतिक शरीरलाई बिदाइ गरियो, आश्रममकै पहलमा। उनका सन्तान, माइती र आफन्तलाई दाहसं स्कार लागि सम्पर्क गरियो, बोलाइयो। उनका एक छोरा भने दाङमै रहेछन्। आश्रममले छोरालाई बेलायो तर उनी सजिल्लै आउन मानेनन्।

‘आफ्नै आमाको दाहसं स्कारमा पनि छोरा नआएपछि हामी निराश भयौं’– ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले भन्नुभयो– ‘बल्ल तल्ल फकाएपछि मात्र छोरा आए। र, केही आफन्त पनि आएर दाहसंस्कार गरियो।’यो समाचार आभास बुढाथोकीले नयाँयुगबोध राष्ट्रिय दैनिकका लागि लेख्नुभएको हो।

प्रतिकृया दिनुहोस्