काठमाडौं। नेपालमा एक वर्षदेखि सञ्चालनमा रहेको एक मात्र विद्युतीय सार्वजानिक यातायात सुन्दर यातायातले पूरानै भाडादरमा मंगलबारदेखि गाडी सञ्चालन गर्ने भएको छ । सुन्दर यातायातले को’रोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन भन्दा अगाडिकै भाडामा ४ वटा बिजुली गाडी चलाउने जनाएको छ।
सरकारले आधा मात्र यात्रु राखेर तथा ५० प्रतिशत भाडा बढाएर सार्वजानिक सवारी सञ्चालन गर्न पाउने निर्णय गरे पनि सुन्दर यातायातले पूरानै भाडामा २ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा गाडी चलाउन लागएिको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए।
उनका अनुसार दूई वटा पुरानो रुट रिङ रोडमा तथा थप नयाँ गाडी सूर्यविनायक–जमल–रत्नपार्क रुटमा भोलिदेखि सञ्चालन गर्ने तयारी छ। उनले भने,‘गाडीमा सरकारले तोकेको सुरक्षा मापदण्ड भन्दा पनि सुरक्षित स्वास्थ्य सुरक्षा अपनाएर तथा मास्क नलगाएका ६० वर्ष भन्दा माथिका यात्रीलाई निःशुल्क मास्क दिन्छौं।
सवारी सञ्चालन गर्दा चालक सह–चालकहरुलाई कम्पनीले बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क उपलब्ध गराएर तथा यात्रीको ज्वरो नापेर तथा मास्क अनिवार्य गर्ने उनको भनाइ छ।
त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।
उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।
प्रतिकृया दिनुहोस्