Sunday, March 7

एक–एक घन्टाको फरकमा छुट्ने गरी सरर गुड्न थाले बस

July 13, 2020 247

तिलोत्तमा — रुपेन्देहीको बुटवल–भैरहवा रुटमा एसी बस सञ्चालनमा ल्याइएको छ । लकडाउनपछि रोकिएका लुम्बिनी मेट्रोसिटी प्रालिका बस आइतबार बिहा नबाट सञ्चालमा ल्याइएको छ । सरकारको निर्देशन अनुसारका सुरक्षाका मापदण्ड पुर्याएर कम्पनीका ८ बस सन्चालमा ल्याइएको हो ।ती गाडी एक–एक घन्टा को फरकमा छुटेका छन् । सरकारले तोकेको ५० प्रतिशत भाडा वृद्धि गरेर संचालन गर्न पाउने निर्देशनअुनसार सोमबारबाट बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्‍चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी गाडी

सनचालनमा ल्याइएकबताइएको छ ।काठमाडौँ, २८ असार- सनराइज बैंकले सहजरुपमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज एकैपटक विद्युतीय माध्यम मार्फत चारवटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असर एवं बन्दाबन्दीलाईमध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपाय अवलम्बन गरी ती शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले वित्तीय सेवाको पहुँच बढाउने लक्ष्यका साथ आज कपन, कान्तिपथ, भंगाल र कुमारीगालमा नयाँ शाखा तथा हरिसिद्धिमा विस्तारित काउन्टर

सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । कोरोनाको महामारी फैलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको सन्दर्भमा बैंकले जटिल परिस्थितिलाई मध्यजनर गर्दै विद्युतीय माध्यममार्फत ती शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।ती शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्ने, सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने र सानातथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखिएको छ बैंकले हालसम्म १३४ शाखा, ४८ शाखारहित बैंकिङ सेवा, १० विस्तारित काउन्टर र १६० एटिएममार्फत छ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । (रासस)

प्रतिकृया दिनुहोस्